काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। निपाह भाइरसको जनस्वास्थ्य जोखिमका सम्बन्धमा केही देशमा देखिएको घटनाप्रति सचेत रहेको उल्लेख गर्दै मन्त्रालयले त्यसका लागि आवश्यक सबै कदम चालिरहेकाले सबैलाई आतंकित नहुन र सचेत, सजग र जिम्मेवार बन्न अनुरोध गरेको हो। विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी तथा दक्षिण पूर्वी […]