नेपालको विद्यालय शिक्षा प्रणाली यतिबेला महत्वपूर्ण मोडमा उभिएको छ । नवगठित सरकारले ‘शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची’ सार्वजनिक गर्दै आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्म लिइँदै आएको आन्तरिक परीक्षा प्रणाली पूर्ण रूपमा बन्द गर्ने सार्वजनिक गरेसँगै शिक्षा क्षेत्रमा व्यापक बहस सुरु भएको छ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले ल्याएको शासकीय सुधार कार्यसूचीको ८९औं […]