काठमाडौं – विभिन्न राजनीतिक दलसम्वद्ध युवा सङ्गठनले नेपाली जनताले बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनै पनि गतिविधिलाई स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन् । उनीहरूले आज संयुक्त विज्ञप्ति प्रकाशित गरी भनेका छन्, “हामी गणतन्त्रका लागि लड्ने राजनीतिक दलका युवा सङ्गठनहरू स्पष्ट रूपमा चेतावनी दिन चाहन्छौँ कि संविधान र लोकतान्त्रिक मूल्यमान्यताविपरीत गरिने […]