काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि सुरु भएको सर्वदलीय बैठकमा सबै दलका प्रतिनिधिहरूलाई बोलाइएको छ । बैठकमा अगामी २१ फागुनका लागि तय गरिएको निर्वाचनबारे राजनीतिक दलहरूसँगले छलफल गर्ने बताइएको छ । यसअघि प्रधानमन्त्री कार्कीले निर्वाचन आयोग र राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गरिसकेका छन् […]