काठमाडौं। नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल आज(बुधबार) हुने भएको छ। सिक्किमको पाल्जोर रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ। यसअघि खेल बिहीबार हुने तय भएको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार बुधबार हुने खेल अनौपचारिक रहने छ। यी दुई टिमले गत सोमबार फिफा विन्डो अन्तर्गत भारतकै सिलोङमा भिडन्त गरेको थियो। […]