सिटी सफारीको ठक्करबाट झापामा ७० वर्षीया महिलाको मृत्यु

भद्रपुर – झापाको मेचीनगरमा सिटी सफारीको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१५ स्थित चौधरी चोकमा बुधबार साँझ सिटी सफारीको ठक्करबाट स्थानीय ७० वर्षीया लटन राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सफारीको ठक्करबाट टाउकोमा चोट लागेर घाइते भएकी राजवंशीलाई उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पताल लगिएको थियो । उपचारकै […]