‘बिटुमिन’ जम्न नपाउँदा कालोपत्र भत्कियो, सुधार गर्ने प्रतिबद्धता

म्याग्दी– कालोपत्र भएको एक महिनामै भत्किन थालेको यहाँको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडकको सुधार गर्ने सम्बद्ध कार्यालय र निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन् । सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजना अन्तर्गत सञ्चालित बेनी– १ रत्नेचौरदेखि वडा नम्बर २ भकुण्डे जोड्ने सडक निर्माणका क्रममा उठेको गुणस्तरको विषयमा आइतबार बेनीमा सरोकारवालाबीच छलफल भएको थियो […]