गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले ५ अर्ब ९ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेका छन् । गत पुसमा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेकामा माघमा भने केही घटेको हो । देशभरको मालपोतको राजस्व सङ्कलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न सकेको छैन […]