इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तानबाट स्वदेश फर्किएका छन् । इस्लामावादमा आयोजित पत्रकार सम्मेलनमा वार्ता असफल भएको संकेत गर्दै उपराष्ट्रपति भान्स अमेरिकी टोलीसहित वासिङ्टनतर्फ प्रस्थान गरेका हुन् । इस्लामावादमा आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा सञ्चारकर्मीका प्रश्नहरूको उत्तर दिँदै भान्सले वार्ताको औपचारिकता सकिएको र अमेरिकी प्रतिनिधिमण्डल फर्कन लागेको जानकारी दिए । […]