टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं- सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा अधिकारी जेल चलान भएकी छन् । उनलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश बिहीबार दिएको हो । तुल्सासिहत १० जना जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) दर्ता गरेको मुद्दामा बिहीबार सुनुवाइका क्रममा न्यायाधीश टेकनाथ गौतमको इजलासले यस्तो आदेश दिएको हो । […]