‘श्रमाधान कल सेन्टर’मा गुनासा बढे, समाधान दर भने कमजोर

वैदेशिक रोजगार बोर्डले सञ्चालन गरेको ‘श्रमाधान कल सेन्टर’मा समस्या सुनाउनेको संख्या वर्षेनि बढ्दै गए पनि समाधान हुने दर भने कम रहेको तथ्य सार्वजनिक भएको छ। बोर्डको वार्षिक प्रगति प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा कल सेन्टरमा ९५ हजार ६७ जना सेवा ग्राहीले गुनासा दर्ता गराएका थिए। तीमध्ये ३३ हजार ४३० जनाका मात्रै समस्या समाधान भएका छन् […]