एजेन्सी– मध्य इराकमा कृषि जग्गाको विवादलाई लिएर भएको आदिवासी झडपमा आठ जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको वासित प्रान्तका एक सुरक्षा अधिकारीलाई उदृत गर्दै शनिबार एएफपीले जनाएको छ । शनिबार खेसान गाउँमा बेदुइन जनजातिका सदस्यहरू बिच कृषि जग्गाको विषयलाई लिएर विवाद सुरु भएको एक जना अधिकारीले नाम नछाप्न अनुरोध गर्दै पुष्टि गरेका […]