सत्ता गठबन्धनमा रहेका दलहरुबीच स्थानीय तहको निर्वाचन घोषणाको विषयमा मतक्यता हुन सकेको छैन । नेपालको संविधान र निर्वाचनसम्बन्धी कानुन बाझिएको विषयमा संविधानविद्हरुसँग परामर्श लिने भनिएकोमा कानुनविद्हरु समेत स्थानीय तहको निर्वाचनको विषयमा दुई धारमा देखिए । सत्ता गठबन्धनमा आवद्ध दलहरुले स्थानीय, संघ र प्रदेशको निर्वाचन आउँदो मंसिर महिनामा एकै पटक गर्ने मनस्थितिमा देखिन्छन् भने प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तहको निर्वाचन संभव भए बैशाख महिनाभित्र र नभए जेठको पहिलो हप्ताभित्र गर्नुपर्ने धारणा स