संसद् विघटनविरुद्ध नागरिक समाज आन्दोलित, सडकमै पत्रकार सम्मेलन

विराटनगर । संसद् विघटनको विरोधमा विराटनगरमा नागरिक समाज आन्दोलित भएको छ । प्रधानमन्त्रीले संसद् विघटन गरेर मूलुकलाई प्रतिगमतर्फ धकेल्न खोजेको भन्दै नागरिक समाजले आन्दोलन थालेको हो ।प्रधानमन्त्री ओलीले मूलुकमा अस्थिरता सिर्जना गर्न खोजेको भन्दै आन्दोलित प्रवुद्ध नागरिकहरुले बुधबार विराटनगरको जनआन्दोलन चौकमा खुल्ला पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनसहित अन्तरक्रिया कार्यक्रमसमेत गरेर उनीहरुले सरकार विरुद्ध आक्रोश पोखे । उनीहरुले संसद् विघटनविरुद्धको अभियानलाई थप सशक्त बनाउँन प्राध्या

सम्बन्धित सामग्री

मिटर ब्याज लगाएर समाज बिथोल्ने लघुवित्त खारेजीको लागि सिंहदरबार घेर्छौँ : पीडित

लघुवित्तिय संस्थाहरुलाई खारेजीको माग राख्दै आउँदो असोज २५ गते पीडितहरुले राजधानीको सिंहदरबार घेर्ने घोषणा गरेका छन् । सोमबार ‘लघुवित्तिय संस्थाविरुद्धको संघर्ष समिति’ले काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलन गरी पीडितहरूको न्याय र लघुवित्तिय संस्थाहरु खारेज नगरे आन्दोलन चर्कने उद्घोष समेत गरेका हुन् । संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले कैलालीकी रेश्मा चौधरी लगायतका हजारौंलाई आत्महत्या र लाखौंलाई घरबार विहिन हुन बाध्य पार्ने अमानवीय लघुवित्तिय संस्थाहरु नेपाली समा

अस्पताल खारेज गर्ने निर्णय विरुद्ध नागरिक समाज आन्दोलित

लमजुङ- लमजुङका नागरिक समाजका अगुवाहरूले गण्डकी प्रदेश सरकाले जिल्ला अस्पताल खारेज गर्ने भनी गरेको निर्णय अपरिपक्व र राजनीतिक अभिष्ट पूरा गर्न मात्र रहेको भन्दै आन्दोलनमा उत्रिएका छन् । अगुवाहरूले मंगलबार बेंसीसहरको भीमसेनस्थान चोकमा पत्रकार सम्मेलन गर्दै गण्डकी प्रदेश सरकारले गरेको निर्णयलाई आफूहरूले स्वास्थ्य सेवाको हत्याराको रूपमा लिएको बताएका छन् । उनीहरूले आइतबार मात्रै जिल्ला प्रशासन […]

एमसीसी अनुमोदन भएसँगै मुलुक दुर्घटनाबाट जोगियो : अध्यक्ष दाहाल

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एमसीसी सम्झौता संसदबाट अनुमोदन भएसँगै मुलुक दुर्घटनाबाट जोगिएको बताउनुभएको छ । निजी निवास खुमलटारमा सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष दाहालले एमसीसीका कारण राजनीतिक दलहरु र समाज नै विभाजित भई प्राप्त उपलब्धि पनि गुम्ने खतरा पैदा भएको बताउनुभएको हो । प्रतिनिधिसभाबाट एमसीसी सम्झौताको व्याख्यात्मक घोषणासहित अनुमोदन हुनुले […]

महाभियोग फिर्ता नलिए देशभर आन्दोलन गर्ने चेतावनी

स्वतन्त्र नागरिक समाज र स्वतन्त्र कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव तत्काल फिर्ता नलिएर देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै जबरामाथि लगाइएको महाभियोग एक हप्ताभित्र फिर्ता नलिएमा देशभर आन्दोलन गर्ने चेतावनी दिएको हो । अधिवक्ता अनन्त पराजुलीले तत्काल महाभियोग प्रस्ताव फिर्ता लिन माग गरे । उनले महाभियोग फिर्ता नलिए कडा आन्दोलनको सामना गर्न चेतावनी दिए । नेपाल बारले गर्दै आएको आन्दोलन र

सरकारले तोकेको दूधको मूल्य किसानलाई अमान्य

कास्कीका दुग्ध उत्पादक किसानले सरकारले तोकेको दूधको मूल्य नमान्ने घोषणा गरेका छन्। कास्कीका दुग्ध उत्पादक किसानहरुको छाता संस्था राष्ट्रिय व्यवसायकि पशुपालन तथा दुग्ध उत्पादन कृषक समाज नेपाल, कास्कीले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर सरकारले तोकेको दू...

समाज कल्याण परिषद्का पदाधिकारीद्वारा सामूहिक राजीनामा

समाज कल्याण परिषदका उपाध्यक्षसहितका पदाधिकारीहरूले पदबाट सामूहिक राजीनामा दिएका छन् ।परिषद्का उपाध्यक्ष डा. पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुष्कर खातीलगायतका बोर्ड सदस्यहरूले शुक्रबार पत्रकार सम्मेलन गरी आफूहरूले पदबाट सामूहिक राजीनामा दिएको जानकारी गराए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समेत नेतृत्व लिनु भएका परिषदका अध्यक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले परिषदको बजेट पास गर्न […]

समाज कल्याण परिषद्का उपाध्यक्षसहितका पदाधिकारीले राजीनामा दिए

काठमाण्डाै – समाज कल्याण परिषद्का उपाध्यक्षसहितका पदाधिकारीले पदबाट सामूहिक राजीनामा दिएका छन् । परिषद्का उपाध्यक्ष डा. पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुष्कर खातीलगायतका बोर्ड सदस्यहरूले आज शुक्रवार पत्रकार सम्मेलन गरी आफूहरूले पदबाट सामूहिक राजीनामा दिएको जानकारी गराएका हुन् ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समेत नेतृत्व लिनुभएका परिषद्का अध्यक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले परिषद्को बजेट पास गर्न नदिएको र केपी ओली नेतृत्वको सरकारको पालामा नियुक्त भएका परिषदमा कार्यरत अ...

समाज कल्याण परिषद्का पदाधिकारीको सामूहिक राजीनामा

काठमाडौं : समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिने भएका छन्। राजीनामाबारे शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी जानकारी दिने परिषदका सदस्य सचिव पुष्कर खातीले जानकारी दिए।सदस्य सचिव खातीले परिवर्तित परिस्थितिमा सामूहिक राजीनामा दिने निर्ण गरेको बताए। राजीनामा दिनुका कारण र आफ्नो कार्यकालमा गरेका कामबारे पत्रकार सम्मेलनमा जानकारी दिने उनले बताए।

तामाङ चिकित्सक समाजलाई घेदुङको सहयोग

काठमाडौं : नेपाल तामाङ घेदुङले कोरोनाविरुद्धको अभियानमा सकृय तामाङ चिकित्सक समाज नेपाललाई ६ लाख ७७ हजार २१ रुपैयाँ सहयोग रकम प्रदान गरेको छ।घेदुङको प्रवास शाखाहरु तथा विदेशमा रहेका व्‍यक्ति तथा अन्य संस्थामार्फत संकलन गरि पठाइएको रकम आइतबार एक कार्यक्रमबीच कोरोना स्वास्थ्य अभियानका लागि समाजलाई हस्तान्तरण गरिएको हो। तामाङ चिकित्सक समाजलाई घेदुङको संघीय कार्यालय चुच्चेपाटीमा पत्रकार सम्मेलन गरि थप रकम र अग्रपंक्तिमा खटिएका डा.हरुलाई कदरपत्र समेत प्रदान गरेको छ। तामाङ समाज क्यानडाबाट