सर्लाही, पुष १८ । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका ३ बयलवास भक्तिपुर सडकखण्ड स्थित सागरनाथ जंगलमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । सागरनाथबाट बयलवासतर्फ जाँदै गरेको बा.१९प.७१९७ नम्बरको मोटरसाइकल शनिबार राति रुखमा ठोक्किएर दुर्घटना भएको सर्लाही प्रहरीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो […]