पहिलो ई–पासपोर्ट सत्यमोहन जोशीलाई

सरकारले बुधबारदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) को परीक्षण वितरण सुरु गर्दैछ । सन् २०२२ देखि नेपालमा औपचारिक रूपमा ई-पासपोर्ट प्रचलनमा ल्याउन लागिएको राहदानी विभागले जनाएको छ ।ई-पासपोर्टको औपचारिक उद्घाटन परराष्ट्रमन्त्री डा नारायण खड्काले बुधबार दिउँसो २ बजे गर्दै छन् । सोही कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीलाई दिइने परराष्ट्रमन्त्री खड्काका निजी सचिव कृष्णप्रसाद सुवेदीले रातोपाटीलाई जानकारी दिए ।उनले भने, ‘ई पासपोर्ट वान सत्यमोहन जोशीको नाममा तयार भएको छ । आज नै उहाँलाई दिइने छ ।