बुटवल—पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका-५ मा सडक भासिएको कारण यात्रा जोखिमपूर्ण बनेको छ । सडक भासिएको क्षेत्रमा डोजर लगाएर बेलाबेला एकतर्फी रूपमा सवारी सञ्चालन गरिएको भए पनि जोखिम कायमै रहेको छ । उक्त सडकको भित्तामा डाइभर्सन गरेर अहिले भासिएको क्षेत्रमा एकतर्फी रूपमा सडक सञ्चालनमा आएको छ । तिनाउको हिउँदे खोलामा उक्त ६० मिटर सडक पूर्णरुपमा भासिँदा बुटवल तानसेनको यात्रा जोखिमपूर्ण बन्दै गएको हो । सडकको तल्लो भाग बग्ने समस्या भएकाले अस्थायी रूपमा निर्माण भएको सडक पानी परेमा पुनः बग