कमल थापाको नेतृत्वमा नयाँ पार्टी दर्ता गर्ने निर्णय

कमल थापा नेतृत्वको समूहले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको छ । राजधानीमा बिहीबार बसेको थापा पक्षको बैठकले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको हो । पार्टी दर्ताका लागि आवश्यक तयारी गर्न बैठकले थापालाई जिम्मेवारी दिएको छ ।कमल थापा निकट नेता राजाराम बर्तौलाले बिहीबार बैठक बसेर पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय भएको बताए । उनले पार्टीको नाम राष्ट्रिय एकता पार्टी नेपालसहित अन्य केही नाम प्रस्ताव भएको र केही दिनमै अन्तिम टुंगो लाग्ने बताए ।पार्टीको नेतृत्व कमल थापाले नै गर्ने