चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । गायन हुँदै अभिनयमा प्रवेश गरेका केसी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् । केसी केही अगाडि मात्र नेकपा एमालेबाट नेपाली काँग्रेस प्रवेश गरेका हुन् ।

सम्बन्धित सामग्री

भुवनका ८ सल्लाहकार, निर्णय सधैं विवादित

अभिनेता भुवन केसी चलचित्र विकास बोर्ड नियुक्त भएदेखिनै विभिन्न विवादमा फसिरहेका छन् । ७ दिन अगाडि सेन्सर गर्नुपर्ने नियमका कारण केही अगाडि विवादमा मुछिएका भुवन सो सेलाउन नपाउँदै अर्को विवादमा फेरि मुछिएका छन् ।अभिनेत्री पूजा शर्मालाई बोर्ड अन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समिति सदस्यमा नियुक्त गरेपछि उनी फेरि विवादित बनेका छन् । शर्माको नियुक्तिको अहिले चौतर्फी विरोध भइरहेको छ । चलचित्रकर्मीहरूमाथि हुन सक्ने लैङ्गिक हिंसा र शोषण र विभेदविरुद्ध काम गर्ने समितिमा महिलालाई पीडा दिने शर्म

भुवन केसीको डेढ महिना : अनुत्पादक काममा समय खर्च, लय समात्‍न सकस

काठमाडौं । अबको लगभग दुई सातामा भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष बनेको दुई महिना पूरा हुनेछ । साउन ९ गते अध्यक्षमा नियुक्त भएयता चावहिलको धोबीखोलामा धेरै पानी बगिसकेको छ । दाबेदारको रस्साकस्सीबीच अध्यक्षमा मनोनित केसीको नियुक्तिलाई लिएर चलचित्र वृत्तमा ठूलो आशा थियो । कार्यभार सम्हाल्दै गर्दा उनले नेपाली फिल्म क्षेत्रको विकासका लागि शहीद हुन […]

चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीलाई अन्तिम अवसर

भुवन केसी नेपाली फिल्मको सर्वोच्च संस्था मानिने चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त भएका छन् । दोस्रो पटकको प्रयासमा नेपाली कांग्रेसको तर्फबाट बोर्ड अध्यक्ष बन्ने सपना उनले पूरा गरेका हुन् ।