आन्दोलन शिथिल पार्न गोला प्रणाली अपनाए बहसमा जान्नौं : बार

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निरन्तरता दिनका लागि गोला प्रणाली लागू गरिएमा बहसमा नजाने बताएको छ । हालसम्म कस्तो किसिमले गोला प्रणाली लागू गर्न खोझेको हो भन्ने तय नभइसकेकाले नियमावली राजपत्रमा प्रकाशित भएपछि मात्रै यसबारे थप धारणा तय गर्ने बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले बताए ।