थपिए ४ हजार ९०४ जना कोरोना संक्रमित, ५ हजार ९२४ जना संक्रमणमुक्त

माघ १५, काठमाडौं । नेपालमा विगत २४ घण्टामा ४ हजार ९०४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार मुुलुकभर गरिएको १० हजार १०१ पीसीआर र ४ हजार ४६१ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  उक्त अवधिमा छ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले बताएको छ।  योसँगै  नेपाल कुल संक्रमितको संख्या ९ लाख ४७ हजार ३९२ जना पुगेको छ। मन्त्रालयले कुल संक्रमितमध्ये ८७ हजार ३२९ जना सक्रिय संक्रमित रहेको बताएको छ । विगत २४ घण्टामा ५ हजार ९२४ जना संक्रमणमुक्त भएका छन्। योसँगै मुलुकभर संक्रमणमुक्त हुनेको संख्या ८ लाख ४८ हजार ३६० पुगेको छ।  हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ। हाल १३९ जना क्वारेन्टाइनमा,२८६ जना आईसीयूमा र ४७ जना भेन्टिलेटरमा रहेका छन् ।  काठमाडौं उपत्यकामा थपिए १ हजार ८२० संक्रमित  काठमाडौं उपत्यकामा १ हजार ८२० जना कोरोना संक्रमित थपिएका छन्।  विगत २४ घण्टामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणबाट उपत्यकाका तीन ओटा जिल्लामा थप १ हजार ८२० जनामा संक्रमण पुष्टि भएको हो।  थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका छन्। काठमाडौंमा १ हजार ४०४ जना संक्रमित थपिएका छन् भने ललितपुर जिल्लामा ३०५ जना र भक्तपुर जिल्लामा १११ जना संक्रमित थपिएका मन्त्रालयले जानकारी दिएको छ । तेस्रो लहर ओरालो लागेको हो ? गत सातादेखि निरन्तर ओरालो लागिरहेको कोरोना भाइरसको संक्रमण दर शनिवार भने गत माघ १ गते नजिककै अवस्थामा झरेको छ। तर परीक्षण घटेकाले संक्रमण दर घट्दै गएको भनेर ढुक्क हुन सकिने अवस्था अझै नआइसकेको मन्त्रालयका अधिकारीहरूले बताएका छन्। अघिल्लो साताको अन्त्यमा परीक्षण गराउनेमध्ये आधाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो।  गत माघ १ गते ३१ दशमलव ८ प्रतिशत रहेको संक्रमण दर त्यसयता निरन्तर बढेर माघ ८ गते ५० दशमलव ८ प्रतिशतसम्म पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । गत माघ १० गतेपछि भने निरन्तर घट्दै गएको कोरोना संक्रमण दर शनिवार ३३ दशमलव ७ प्रतिशतमा झरेको छ। मन्त्रालयको तथ्याङ्क अनुसार संक्रमित हुनेहरूको संख्या पनि केही दिनयता घट्दै गइरहेको देखिन्छ। मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा कृष्ण प्रसाद पौडेलले पछिल्लो समय सक्रमण घटेको बताए। उनले यही नै रेन्जबाट थप घट्दै जाला नै भन्ने आकलन हो, थप नयाँ भेरिएन्ट आएन वा भिडभाड हुने गतिविधि बढेनन् भने अब नबढ्ला भनेका छन् । संक्रमण दर र संक्रमित हुनेहरूको संख्यामा कमी आएसँगै देशभरि भएका सक्रिय संक्रमितको संक्रमितको संख्या पनि घट्न थालेको छ।

सम्बन्धित सामग्री

अक्षयकुमार दोस्रो पटक कोरोना संक्रमित, कान्स फिल्म फेस्टिबलमा सहभागी हुन नपाउने

बलिउडका खेलाडी अर्थात अभिनेता अक्षयकुमार कोरोना संक्रमित भएका छन् । आफू कोरोना संक्रमित भएको अभिनेताले ट्वीट मार्फत जानकारी दिएका हुन् । अक्षय दोस्रो पटक कोरोना संक्रमित भएका हुन् । यस अगाडि उनी कोरोनाको दोस्रो लहरमा संक्रमित भएका थिए ।कोरोना संक्रमित भएका कारण अक्षयकुमार कान्स फिल्म फेस्टिबलमा सहभागी नहुने भएका छन् । फिल्म फेस्टिबलमा भारतलाई ‘कन्ट्री अफ अनर’ को रुपमा निमन्त्रणा गरिएको छ । जसमा अभिनेता अक्षयकुमार केन्द्रीय मन्त्री अनुराग ठाकुरका साथ भारतीय प्रतिनिधिमन्डलको रुपमा सहभा

यी चार जिल्लामा कोरोना संक्रमित शून्य

नेपालमा चारवटा जिल्लामा शून्य कोरोना संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार शून्य संक्रमितभएका जिल्ला मनाङ, रुकुमपूर्व, बाजुरा र जुम्ला रहेका छन्।

फेरि बढे कोरोना संक्रमित

नेपालमा कोरोना संक्रमित फेरि बढ्न थालेका छन्।  केही दिनदेखि घटेको कोरोना संक्रमण फेरि बढेको हो।

अभिनेत्री मिमी चक्रवर्ती कोरोना संक्रमित

अभिनेत्री तथा टीएमसी सांसद मिमी चक्रवर्ती कोरोना संक्रमित भएकी छन् । आफु कारोना संक्रमित भएको उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् । ‘म निकै सावधानी अपनाइरहेकी थिए । तर पनि कोरोना संक्रमित भएकी छु’ उनले अगाडि लेखेकी छन् ‘पछिल्लो केही दिनयता म घरबाट बाहिर निस्किएकी छैन ।पब्लिकसँग  भेटेकी पनि छैन ।’ आफु डाक्टरको रेखदेख र होम आइसोलेशनमा रहेको समेत बताएकी खुलाएकी छन् । भनिन् ‘सुरक्षित रहन र माक्स लगाउन सबैलाई अनुरोध गर्दछु ।’बलिउडमा पछिल्लो समय थुप्

अभिनेत्री मृणाल कोरोना संक्रमित

बलिउड अभिनेत्री मृणाल ठाकुर कोरोना संक्रमित भएकी छन् । उनले आफु कोरोना संक्रमित भएको जानकारी सामाजिक सञ्जाल मार्फत गराएकी हुन् । कोरोना संक्रमित भएपछि उनले आफुलाई क्वारेन्टाइनमा राखेकी छन् ।आफुलाई हल्का लक्षण मात्र भएको बताएकी उनले भनिन् ‘डाक्टरको प्रोटोकल पालन गरिरहेकी छु । उनले केही दिनयता आफ्नो सम्पर्कमा आउनेलाई सुरक्षित रहन र कोभिड १९ परीक्षण गर्न अनुरोध समेत गरेकी छन् । मृणालको पछिल्लो चलचित्र ‘जर्सी’ प्रदर्शनको तयारीमा छ । उनी फिल्ममा अभिनेता शाहिद कपुरको साथमा देखिँदैछिन

अभिनेत्री तनीषा कोरोना संक्रमित

अभिनेत्री तनीषा मुखर्जी कोरोना संक्रमित भएकी छन् । आफु कोरोना संक्रमित भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन्  । ‘मलाई ‘कोभिड १९’ को संक्रमण भेटिएको छ’ उनले अगाडि लेखेकी छन्, ‘अब मैले केही दिन आइसोलेशनमा बस्नुपर्नेछ ।’केही अगाडि अभिनेत्री उर्मिला माताेंडकर र साउथ अभिनेता कमल हासनमा पनि कोरोना संक्रमित भेटिएको थियो । तनीषा बलिउडका ती कलाकारमा पर्छिन् । जसले कोरोना महामारीको समयमा पनि नियमित काम गरेका थिए । उनले कोरोनाको दास्रो लहरको स

प्रदेश २ मा घट्दै छन् कोरोना संक्रमित

जनकपुरधाम – प्रदेश २ मा नयाँ कोरोना संक्रमित घटने क्रम जारी छ। पछिल्लो २४ घण्टामा प्रदेशमा ७ जना कोरोना संक्रमित थपिएका छन् भने १९ जना निको भएका छन्। नेपालमा कोरोना संक्रमण पुनः उकालो लागिरहेको समय प्रदेशमा सक्रिय संक्रमितको संख्या ओरालो लाग्दै छ। प्रदेश २ मा हाल २ सय ९२ जना मात्र कोरोनाको सक्रिय संक्रमित छन् […]

रूपन्देहीमा थपिए २६३ कोरोना संक्रमित

रूपन्देहीमा पछिल्लो २४ घण्टामा २ सय ६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्