तेह्रथुम पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, प्रतिकित्ता मूल्य रू.४३९.४० पुग्यो

कात्तिक २८, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार तेह्रथुम पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४३९ दशमलव ४० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।  यो समाचार तयार पार्दाको समय ११ : ३० बजे मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ५१ हजार ६५७ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।   

सम्बन्धित सामग्री

तेह्रथुम पावर र मानुषी लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट

आइतवार कारोबारको शुरूवाती समयमै तेह्रथुम पावर कम्पनी र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  तेह्रथुम पावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९.९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४३९.४० रुपैयाँ पुगेको छ ।  यस्तै मानुषी लुघवित्त वित्तीय संस्थाको शेयर मूल्य ९२.८० रुपैयाँ बढ्दै (९.९९प्रतिशत) बढेर १ हजार २१.५० रुपैयाँ पुगेको छ ।