पाकिस्तानको सर्वोच्च अदालतमा पहिलो पटक महिला न्यायाधीश

पाकिस्तानको सर्वोच्च अदालतमा पहिलो पटक महिला न्यायाधीश नियुक्त हुनुभएको छ । लाहोर उच्च अदालतकी न्यायाधीश आयशा मलिकले आउँदो सोमवार पाकिस्तानी सर्वोच्च अदालतको न्यायाधीश पदको शपथ लिने पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति आरिफ अल्वीले हिजो न्यायाधीश मलिकको बढुवा र सर्वोच्च अदालतमा नियुक्तिको अनुमोदन गर्नुभएको हो । पाकिस्तानको न्यायिक आयोगले जनवरी महिनाको सुरुमा उहाँको नाम सिफारिस गरेको थियो । उहाँको कार्यकाल सन् २०३१ सम्म रहनेछ । वरिष्ठताका आधारमा उहाँ सन् २०३० मै प्रधानन्यायधीश बन्नुहुनेछ । कट्टर मुस्लिम देश भ...

सम्बन्धित सामग्री

अफगानिस्तानको सर्वोच्च अदालतका दुई महिला न्यायाधीशको हत्याप्रति ध्यानाकर्षण

सर्वोच्च अदालत बार एशोसिएशनले अफगानिस्तानको सर्वोच्च अदालतमा कार्यरत दुई महिला न्यायाधीशको राजधानी काबुलमा आइतबार गोली हानी हत्या भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सर्वोच्च बारका सचिव ऋषिराम घिमिरले आज जारी गर्नु भएको प्रेस विज्ञप्तिमा अफगानिस्तानमा भएको सो घटनाले विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवअधिकार र ...

दुई न्यायाधीशको हत्याप्रति ध्यानाकर्षण

काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएशनले अफगानिस्तानको सर्वोच्च अदालतमा कार्यरत दुई महिला न्यायाधीशको राजधानी काबुलमा आइतबार गोली हानी हत्या भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सर्वोच्च बारका सचिव ऋषिराम घिमिरले आज जारी गरेको प्रेस विज्ञप्तिमा

एमिकस क्युरीमा पहिलो पल्ट महिला सिफारिश

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि अदालतको आदेशानुसार समावेशी बनाउने उद्देश्यले अदालतका सहयोगीमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिश गरेको छ । सर्वोच्च अदालत बारको सोमबार बसेको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता पाठकको नाम सिफारिश गरेको बारका उपाध्यक्ष राजु खड्काले जानकारी दिनुभयो । सर्वोच्च बारले यसअघि शुक्रबार बैठक बसेर बारका बहालवाला अध्यक्ष वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी र हालै निर्वाचित अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको नाम सिफारिस गरेको थियो । बारका अध्यक्ष अधिकारी कोरोना सङ्क्रमण भई आइसोलेशनमा रहनुभएकाले पाठकको नाम सिफारिश गरिएको हो । बारले अदालतका सहयोगीमा अर्को व्यक्ति पठाउँदा समावेशी पनि हुने भएकाले वरिष्ठ अधिवक्ता पाठकको नाम सिफारिश गरेको उपाध्यक्ष खड्काको भनाइ छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालत बारबाट दुई वरिष्ठ अधिवक्ता वा अधिवक्ता एमिकस क्युरीका लागि झिकाउने आदेश जारी गरेको थियो । नेपाल बार एशोसिएसनले भने एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीको नाम बिहीबार सिफारिश गरिसकेको छ । अदालतको आदेशानुसार यही पुस १९ गते राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं प्रतिनिधिसभाका सभामुखबाट लिखित जवाफ अदालतमा दर्ता भइसकेको छ । यही पुस २२ गतेदेखि सर्वोच्च अदालतमा उक्त विवादमा सुनुवाइ शुरु हुने तय भएको छ । रासस

सर्वोच्चमा शिशु स्याहार केन्द्र स्थापना :: Pahilopost.com

काठमाडौं: सर्वोच्च अदालतमा शिशु स्याहार केन्द्र स्थापना गरिएको छ। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले आइतबार एक कार्यक्रमका बीच रामशाहपथस्थित सर्वोच्च अदालत परिसरमा स्थापना गरिएको शिशु स्याहार केन्द्रको उद्घाटन गरे। सर्वोच्च अदालतका महिला कर्मचारीहरुलाई कार्यालयको कार्य सम्पादनमा सहजता ल्याउन तथा शिशुहरुको अधिकार हनन् हुन नदिने मूल उद्देश्यका साथ सो शिशु