सुनसरीको एक होटलमा महिलाको शव फेला

काठमाडौं । सुनसरी जिल्लाको एक होटलमा एक महिलाको शव फेला परेको छ । आज मंगलबार बिहान धरान उपमहानगरपालिका–१८ बुद्धचोकमा रहेको न्यू कान्तिपुर होटलको एक कोठामा महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय धरानका प्रवक्ता गजेन्द्र रायमाझीले ईमेजखबरलाई जानकारी दिनुभयो । । उहाँले घटनाको अनुसन्धान भइरहेको र त्यसबारे आजै सत्यतथ्य पत्ता लाग्न सक्ने पनि बताउनुभयो ।