शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक आधा घटे

कञ्चनपुर, २६ साउन: शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक आधा घटेका छन् । कोरोना महामारीका कारण दुई वर्षदेखि निकुञ्ज अवलोकनका लागि पुग्ने आन्तरिक तथा बाह्य देशका पर्यटकको सङ्ख्या घट्दै गएको हो । आर्थिक वर्ष २०७७-७८ मा दुई हजार ९३५ पर्यटकले निकुञ्ज घुमफिर गरेका छन् । निकुञ्ज घुमफिर गर्नेमा अधिकांश आन्तरिक पर्यटक छन् । थोरै मात्रै विदेशी […]

सम्बन्धित सामग्री

शुक्लाफाँटा पर्यटन महोत्सव हुँदै

महेन्द्रनगर (कञ्चनपुर) – शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटक आकर्षित गर्ने उद्देश्यले सातौँ शुक्लाफाँटा पर्यटन महोत्सव हुने भएको छ। भीमदत्त नगरपालिकाको आयोजनामा आगामी मङ्गलबारदेखि बिहीबारसम्म महोत्सव हुन लागेको हो। भीमदत्त नगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले विश्वमै बाह्रसिङ्गाको सबैभन्दा ठूलो झुण्ड अवलोकन गर्न पाइने शुक्लाफाँटाको प्रचार गरी पर्यटक भित्र््याउने उद्देश्यले हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको […]

शुक्लाफाँटा घुम्ने पर्यटकको संख्या बढ्यो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुमघाम गर्ने आन्तरिक पर्यटकको सङ्ख्यामा बृद्धि भएको छ । चाडपर्वको अवसर पारेर आन्तरिक पर्यटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पुगिरहेकाले अवलोकन गर्नेको सङ्ख्यामा बढोत्तरी भएको हो ।

पर्यटकका लागि आकर्षक गन्तव्य ‘शुक्लाफाँटा’

कञ्चनपुर, महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो तर यसको प्रचारप्रसार अभाव र पूर्वाधारमा विकास हुन नसक्दा यहाँ सोचेअनुरूप पर्यटक आउन सकेका छैनन् । कञ्चनपुरको गड्डाचौकी नाका भएर तेस्रो मुलुकका पर्यटक नेपाल आउने गरे पनि यहाँको प्रचारप्रसार हुन नसक्दा यहाँबाट नेपाल भित्रिने पर्यटक अन्यत्र घुम्न जाने गरेका छन् । यो नाकाबाट आउने थोरै …

सुदूरपश्चिम पर्यटनका चुनौती र समाधान

नेपालको सुदूरपश्चिम भूगोल अपार प्राकृतिक सुन्दरतासँगै भाषिक, सामाजिक, सांस्कृतिक, जैविक एवं भौगोलिक विविधताले सजिएको क्षेत्र हो । सामुद्रिक सतहबाट छोटो उचाइमा समेत वर्षका ६/८ महीनासम्म सेताम्य हिउँको आनन्द लिन सकिने अद्भुत विशेषता यहाँ पाइन्छ । यहाँका अपि, व्यास र साइपाल हिमाल, त्रिवेणी र शोेतापाटन, रामारोशनलगायत स्थल साहसिक पर्यटनमा अन्नपूर्ण, मनासलु र गौरीशंकरपछिकै उत्कृष्ट गन्तव्य मानिन्छन् ।  सुदूरको चर्चित खप्तड र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा अपि नाम्पा संरक्षित क्षेत्र विश्वमै दुर्लभ मानिँदै गएका विभिन्न प्रजातिका वनस्पति, वन्यजन्तु र चराचुरुङ्गी पाइने स्थल हुन् । तालतलैया, पाटन, खोच, गुफासँगै यस क्षेत्रमा जडीबुटी यार्सासमेत पाइन्छ । यस क्षेत्रका बडिमालिका, त्रिपुरासुन्दरी, बैजनाथधाम, सुरमादेवी, शैलेश्वरी, मालिकार्जुन, उग्रतारा, बेहेडाबाबा निकै चर्चित धार्मिक स्थल हुन् । यसै क्षेत्रका देउडा नाच र गौरापर्वले प्रदेशलाई दूरदराजसम्म चिनाएको छ । सुदूरपश्चिम प्रदेश करीब ८ लाख मानिसले बोल्ने इन्डो आर्यन अर्थात् डोटेली भाषाको केन्द्रसमेत हो । धार्मिक तथा सांस्कृतिक पर्यटनका अतिरिक्त यो प्रदेश एग्रो टुरिजम, रिक्रिएशन टुरिजम, एजुकेशनल टुरजिम, भ्याकेशन टुरिजम, वेलनेस तथा हेल्थ टुरिजम, एमआईसीई र प्रेस्टिज टुरिजम आदिका लागि पनि अपार सम्भाव्यता बोेकेको क्षेत्र हो ।  सुदूरपश्चिम पर्यटनका चुनौती  सुदूरपश्चिम पर्यटनको पहिलो चुनौती सडक एवं यातायात सञ्जाल हो । प्रदेशका कैयन् गन्तव्यको यात्रा सडक एवं बाटाघाटोको अभावमा निकै कष्टकर तथा पहँुच बाहिर रहेको छ । पर्यटकमैत्री पूर्वाधारहरूको कमी दोस्रो चुनौती हो । यहाँका चर्चित पर्यटकीय गन्तव्य बडिमालिका, रामारोशन, सुरमा सरोवर, शोतापाटन, त्रिवेणी पाटन, बूढीनन्दालगायत स्थलमा पूर्वाधारहरूको निकै कमी रहेको छ । यस कारण पर्यटक भेडीगोठ (खर्क) मा बस्न बाध्य छन् । युवाशक्तिको भारत पलायन यहाँको तेस्रो चुनौती हो । स्थानीय स्तरमा पर्यटनको महत्त्व र यससँग जोडिएका कैयन् रोजगारी एवं अर्थोपार्जनका सम्भावनाका बारेमा जानकारी नहुँदा रोजागारीका लागि अधिकांश युवा भारत जाने गरेका छन् जसले गर्दा स्थानीय स्तरमा पर्यटनका लागि जनशक्तिको निकै अभाव रहेको छ । भएकाहरू पनि दक्ष एवं अनुभवी छैनन् । चौथो चुनौती अध्ययनविनाको पूर्वाधार विकास हो । बढ्दो पर्यटकीय चहलपहलसँगै स्थानीय सरकारद्वारा सरोकारवालाहरूसँग यथेष्ट छलफल नै नगरी समग्र वातावरणीय प्रभावको अध्ययनविना गर्न थालिएको पूर्वाधार विकास यहाँको पर्यटनको अर्को पेचिलो चुनौती हो । यस्ता गतिविधिले सदियौंदेखि जोगिँदै आएको सुदूरको धार्मिक, प्राकृतिक एवं सामाजिक विरासत तहसनहस हुनसक्ने खतरा बढ्दै गएको देखिन्छ ।  समाधान एवं प्रवर्द्धनका उयाय  सुदूरको सुन्दरता अवलोकनका लागि सर्वप्रथम विद्यमान सडक सञ्जालको स्तरोन्नतिसँगै नयाँ गन्तव्यहरूमा सडक तथा हवाई सञ्जाल बढाउनुपर्ने देखिन्छ । पदयात्रामार्ग लगायतमा पर्यटनमैत्री पूर्वाधार विकाससँगै होमस्टे, खर्कस्टे आदिलाई थप व्यवस्थित तुल्याउँदै लैजानुपर्छ । मोयाना डाँड, खसीलेडा, चुली, खानीडाँडा आदिलाई हिल स्टेशनको अवधारणामा लग्नुका साथै स्थानीय स्तरमै पर्यटन सचेतनामूलक कार्यक्रमको विकास गर्दै युवालाई पर्यटन उद्योगप्रति रुचि जगाउन सक्नुपर्छ । प्रचारप्रसारका लागि स्थान विशेषका डकुमेन्ट्रीको तैयारीसँगै बृहत् छलफल, अन्तरक्रिया एवं गोष्ठी आदिको आयोजना गरिनुपर्छ । अध्ययन, अनुसन्धान र नवप्रवर्तनका लागि स्थानीय तथा प्रादेशिक सरकारले बजेट विनियोजन गरी अनुसन्धानको दायरालाई थप फराकिलो पार्नुपर्छ । प्रदेशसँग सीमा जोडिएका लुम्बिनी र कर्णाली प्रदेशका पर्यटन सरोकारवालाहरूसँग समन्वय गरी त्यहाँ आउने पर्यटकलाई सुदूर भ्रमणमा लैजाने खालका विविध टुर प्याकेजको व्यवस्था गर्नुपर्छ । सुदूर पर्यटनको जानकारी गराउन पहिलो ५ वर्षसम्म यहाँका हरेक चर्चित गन्तव्य लक्षित गरी वार्षिक रूपमा पर्यटन महोत्सव एवं मेलाको आयोजना गरिरहनुपर्छ । संघीय तथा प्रादेशिक सरकारले विकास साझेदारसँगको सहकार्यमा विकास आयोजना तथा क्षमता तथा व्यावसायिकता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्छ । अन्तरप्रदेश समन्वय गर्दै उच्च तहको भ्रमण एवं बैठकको परिपाटीको शुरुआत गर्नुपर्छ । नेपालस्थित दूतावास तथा विदेशी नियोगका पदाधिकारीहरूलाई सद्भावना भ्रमणका लागि आमन्त्रित गर्ने अभ्यासको थालनी गर्नुपर्छ । नेपाल टुरिजम बोर्ड, नाट्टा, हान, टान, सोटो, नाथम, एनएमएजस्ता संस्थासँगको सहकार्यमा राजधानी भित्रने पर्यटकलाई विकेन्द्रित गर्ने खालका रणनीतिहरू तर्जुमा गर्नुपर्छ । सुदूर पर्यटनका जानकारीमूलक डिस्प्लेहरूको व्यवस्थासँगै स्कूल टुरिजम क्लब तथा अलग्गै पर्यटन पाठ्यक्रम अवधारणाको विकास गर्नुपर्छ । नेपाल टेलिकम तथा एलसेलसँगको सहकार्यमा सुदूर पर्यटन जिंगलको विकास गरी कुनै पर्व, जात्रा एवं महत्त्वपूर्ण दिनलाई लक्षित गरी रिङटोनका रूपमा जिंगल बजाउन सकिन्छ । पर्यटन क्षेत्रप्रति रुचि राख्दै नि:स्वार्थ यस क्षेत्रमा होमिएका युवा पर्यटन अभियन्ताहरूलाई राज्यले पुरस्कृत गर्दै ब्लग, भ्लग, डकुमेन्ट्री निर्माण तथा टुरिजम फोटोग्राफीप्रति उत्पे्ररित गर्नुपर्छ । सरकारले निजीक्षेत्रसँगको सहकार्यमा प्रवर्द्धनका विविध कार्यक्रम थाल्नुपर्छ । कृषि पर्यटनलाई जोड्न कृषि मन्त्रालयसँगको सहकार्यमा दिगो पर्यटन क्रियाकलापहरूको विकास गर्नुपर्छ । स्थानीय स्तरमा रोजगारी सृजनामा जोड दिनुपर्छ । प्रदेशसँग सीमा जोडिएका भारत र चीनका पर्यटक भित्त्याउन आवश्यक पहलकदमी गर्दै त्यसअनुसारका रणनीति तर्जुमा गर्नुपर्छ । प्रदेशले तैयार पारेको गुरुयोजनाअनुसारका कार्यको अविलम्ब थालनी गर्नुपर्छ । यसो गर्न सकेमा बहुआयामिक सुदूरपश्चिम प्रदेशको पर्यटन नेपालको समग्र विकासमा एउटा दरिलो कोसेढुंगा सावित हुनसक्ने देखिन्छ । सुदूरको पर्यटन राज्यको मात्र कार्यक्षेत्र होइन । यो त सरकार, निजीक्षेत्रलगायत तपाईं हामी सबैको उत्तरदायित्व हो । त्यसैले हामी सबै आआफ्ना तहबाट सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा जुटौं ।  लेखक ग्लोबल ट्राभल्स एन्ड टुरिजम पार्टनरसीपका नेपाल निर्देशक हुन् ।

प्रवेशद्वार खुल्यो, पर्यटक आएनन्

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाडीमा प्रवेशद्वार खुलेको तीन वर्ष भयो । तर नजिकैको चौधर नदीमा पुल र सडक निर्माण नहुँदा उक्त क्षेत्रबाट निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्या नगन्य छ ।

शुक्लाफाँटामा बढ्दै पर्यटक

जर्मन नागरिक सिल्कीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्नलायक छ भन्ने सुनेकी थिइन् । गुगलमा यसबारे उनले खोजेकी पनि थिइन् । त्यही भएर उनी आठौं पटक नेपाल आउँदा शुक्लाफाँटा पनि पुगिन् । यहाँ पुगेपछि उनले गुगलमा पाएको सूचनाभन्दा अझ राम्रो पाइन् ।

दशैँमा सुदूरपश्चिम घुमौँ, यी हुन् मनै लोभ्याउने दर्जन गन्तव्य

सुदूरपश्चिम नेपालको पर्यटनको खानी हो । यद्यपी, पश्चिमी नाका हुँदै नेपाल आउने पर्यटकहरु त्यहाँ लामो समय बस्दैनन् । सुदूरपश्चिममा पर्यटनको अत्यन्त सम्भावना हुँदाहुँदै पनि ती क्षेत्रका गन्तव्यको प्रचार कम मात्रामा भएको छ ।कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारतसहित अन्य मुलुकका पर्यटक नेपाल भित्रिन्छन् । तर, कोरोनाका कारण अहिले सुस्ताएको छ । तथापी, दशैँ र तिहार जस्ता चाडको अवसरमा काठमाडौँ र अन्य शहरका मानिसहरु सुदूरपश्चिम घुम्न निस्कने हो भने त्यहाँका पर्यटकीय गन्तव्यको प्रचारमा सघाउ पुग्ने छ । फलस्वरुप विदेशी पर्यटकहरु सुदूरपश्चिम घुम्न आउने सम्भावना बलियो छ ।कर्णाली पुलकर्णाली नेपालको सबैभन्दा लामो नदी हो । त्यो नदीमा बनाईएको एकखम्बे पुल सुदूरपश्चिमलाई संघिय राजधानी काठमाडौँसँग जोड्ने प्रमुख पुल हो । ५ सय मिटर लम्बाइ र १४ मिटर चौडाइको यो पुल सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि मुख्य गन्तव्यका रुपमा प्रचार गर्न सकिन्छ ।टीकापुर पार्कस्वीट्जरल्याण्डको लक्साल शहरको नक्साका आधारमा ठ्याक्कै त्यस्तै देखिने गरी रेखाङ्कन गरिएको टीकापुर पार्क ५ विगाहा क्षेत्रफलमा फैलिएको छ । ८० प्रकारका गुलाबका फूल यो पार्कमा पाइन्छ ।यति मात्रै नभई २०२८ सालमा तत्कालीन राजा महेन्द्रले त्यहीबाट १ महिना शासन चलाएका कारण पनि त्यो विषयको अध्ययनका तथा पिकनिक र चलचित्र छायांकनका लागि टीकापुर पार्क प्रमुख गन्तव्य बन्न सक्छ ।घोडाघोडी तालघोडाघोडी ताल विश्वरामसार सूचीमा सूचीकरण भएको नेपालकै महत्वपूर्ण ताल हो । २ हजार ५६३ हेक्टरमा हातको हत्केला आकारको यो तालका १९ वटा उपतालहरू छन् । २४५ प्रजातिका चराचुरुङ्गी, पानी हाँस, जंगली धान लगायतका लागि घोडाघोडी ताल आकर्षक र रमणीय पर्यटकीय गन्तव्य हो ।एकमात्र राणाकालीन दरबारकैलालीको चुरे गाउँपालिकास्थित गर्वा दरबार सुदूरपश्चिमकै एक मात्र राणाकालीन दरबार हो । १९८२ सालमा निर्माण गरिएको यो दरबार इतिहासको अध्ययनका लागि पुग्नैपर्ने ठाउँ हो ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिंगेका लागि प्रसिद्ध छ । निकुञ्जभित्र जीप ड्राइभ, हात्ती सफारी र जंगल वाकको प्रवन्ध छ । हिरापुर फाँटामा कृष्णसार संरक्षण गरिएको छ । आरक्षको एकछेउमा हात्तीसार छ । त्यहाँ हात्ती चढ्न पाइन्छ ।शुक्लाफाँटामा बाघ, खरायो, हात्ती, गैँडा लगायतका जीव जनावर हेर्न पाईने शुक्लाफाँटामा आधा दर्जनभन्दा बढी तालहरू छन् ।ताराताल, रानीताल, बठनिया ताल, बाउन्नेताल, शिकारीताल, सलगौडी ताल रहेको यो निकुञ्ज क्षेत्र ३०५ वर्गकिलोमिटरमा फैलिएको छ । दोधारा चाँदनीकञ्चनपुरको दोधारा चाँदनी पुल नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल हो । यो पुलले नेपाल पारिका तर नेपालकै २ ठाउँ दोधारा र चाँदनीलाई जोडेको छ । आन्तरिक पर्यटकको भीड हुने यो ठाउँमा बाह्य पर्यटक पनि तान्न सकिन्छ ।अमरगढी र अजयमेरूकोटअमरगढी किल्ला डडेल्धुराको ऐतिहासिक किल्ला हो । यो किल्लका अवलोकनका लागि आन्तरिक पर्यटकको भीड लाग्छ ।डडेल्धुराको अजयमेरू गाउँपालिकास्थित अजयमेरूकोट दरबार ऐतिहासिक दरबार हो । खप्तडपश्चिम नेपालका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगमस्थलमा रहेको खप्तड आन्तरिक र बाह्य पर्यटकको रोजाईको गन्तव्य हो ।खप्तड परिसरमा २२ वटा पाटन छन् । सुदूरपश्चिमकै सबैभन्दा प्रसिद्ध पर्यटकीय गन्तव्य खप्तड घुम्न अहिलेको समय अति उपर्युक्त समय हो । २ हजार ७ सयदेखि ३ हजार २२७ मिटरसम्मको उचाइमा २२५ वर्गकिलोलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्ज विश्वमै अति दुर्लभ मानिने दलदले घाँसे मैदान हो । खस्रु, धुपीसल्ला र लालीगुराँसको घारीका बीचमा रहेको पाटन, खप्तडबाबाको आश्रम यहाँका विशेषता हुन् । रामारोशनअछामको रामारोशन गाउँपालिका अवस्थित पर्यटकीय क्षेत्र रामारोशनलाई बाह्र बण्ड, अठार खण्डका नामले पनि चिनिन्छ । यो क्षेत्रमा १२ वटा ताल र १८ वटा ठूलाठूला चौर छन् ।यहाँ १२ प्रकारका लालीगुराँस पाइन्छन् । नेपालको राष्ट्रिय चरा डाँफे नाँचिरहेको देख्न पाईने यो क्षेत्र पनि अहिले घुमफिरका लागि राम्रो समय हो ।बडिमालिकाबडिमालिकालाई भूस्वर्ग नै मानिन्छ । हिन्दुका देवादिदेव भगवान शिवले लामो समय बिताएको मानिने बडिमालिका धार्मिक दृष्टिले अत्यन्त महत्वको क्षेत्र हो । समुद्री सतहबाट ४ हजार २१९ मिटर उचाइमा रहेको यो क्षेत्र हिमालसँगै विशाल फाँटमा रमाउनेका लागि पुग्नैपर्ने गन्तव्य हो ।अपि बेसक्याम्पदार्चुला जिल्लामा पर्ने ७ हजार १३२ मिटर उचाईको अपि हिमालको आधार शिविरसम्म पदयात्राका लागि यो ठाउँ अत्यन्त रोमाञ्चक ठाउँ हो ।अपि र नम्पा हिमालसँगै रिङदेपानी, कायाकोर, कालीढुंगा र बबई हिउँचुली लहरै उभिएको दृश्यले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउँछ । हिउँचितुवा, रेडपान्डा, मृग, घोरल, झारल, भालुसहित डाँफे, मुनाल देख्न पाईने यो क्षेत्र सुन्दर सुदूरपश्चिमका देउडा भाका सुन्दै यात्रा गर्नुको मजा बेग्लै हुन्छ । व्यास (मानसरोवारको प्रवेशद्वार)सौका समुदायको बसोबास रहेको व्यास उपत्यका दार्चुलाको कुनामा छ । कैलाश मानसरोवरको मुख्य प्रवेशद्वार मानिने यो क्षेत्र प्राकृतिक सौन्दर्यका साथमा त्यहाँका सौका समुदायको परम्परा र संस्कृति आकर्षणको केन्द्र हो ।

चौथो शुक्लाफाँटा पर्यटन महोत्सव शुरू

कञ्चनपुर :  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्या-पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आइतबारदेखि चौथो शुक्लाफाँटा पर्यटन महोत्सव शुरू भएको छ। ‘पर्यटकीय सम्भावनाको पुञ्ज-शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज’ भन्ने नारासहित शुरू भएको महोत्सव एक सातासम्म चलाइनेछ।वन तथा वातावरणमन्त्री प्रेम आले मगरले महोत्सव उद्घाटन गर्दै निकुञ्जको प्रचारप्रसार गरी पर्यटक बढावामा जोड दिनुपर्ने बताएका छन्‌।कोभिड-१९ को महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई चलायमान बनाउने उद्देश्यले महोत्सव

कञ्चनपुरमा चौथो शुक्लाफाँटा पर्यटन महोत्सव शुरु

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आइतबारदेखि चौथो शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको छ । ‘पर्यटकीय सम्भावनाको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज’ भन्ने नारासहित शुरु भएको महोत्सव एक सातासम्म सञ्चालन हुनेछ ।     महोत्सवको उद्घाटन कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रेम आले मगरले निकुञ्जको प्रचारप्रसार गरी पर्यटक अभिवृद्धिमा जोड दिनुपर्ने बताए ।  निकुञ्जमा ठूलो घाँसे मैदानसँगै स्तनधारी जीवजन्तु, थोरै क्षेत्रफलमा धेरै पाटे बाघको जनघनत्व, हात्ती, गैँडा, घस्रने जन्त...