स्वास्थ्य राज्यमन्त्री श्रेष्ठविरुद्धको टीकाटिप्पणी प्रति काँग्रेसको आपत्ति

काठमाडौं। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ विरुद्ध सञ्चार माध्यममा भएको टीकाटिप्पणी प्रति नेपाली काँग्रेसले आपत्ति जनाएको छ। काँग्रेसको उद्योग तथा व्यापार विभागका प्रमुख चिनकाजी श्रेष्ठले शुक्रबार विज्ञप्ति जारी गर्दै राज्यमन्त्री श्रेष्ठले संविधानसभा तथा प्रतिनिधि सभा सदस्यको रूपमा पुर्‍याएको योगदानको अवमूल्यन हुने गरी सञ्चारमाध्यमबाट भएको सुनियोजित अनर्गल टीकाटिप्पणी र दुष्प्रचार भएको भन्दै आपत्ति जनाएका छन्।

सम्बन्धित सामग्री

दशैंलगत्तै १८ वर्ष मुनिका बालबालिकालाई खोप : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौं, असोज १७ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैं लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताउनुभएको छ । कान्ति बाल अस्पताललाई बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको एक करोड खोप आउने सुनिश्चितता भइसकेको बताउनुभयो […]

नियम विपरीत भएपछि आफैंले गरेको सरुवा बदर गर्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

२ असोज, काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राष्ट्रिय ट्रमा सेन्टरका तत्कालीन निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. सन्तोष पौडेललाई कान्ति अस्पतालमा सरुवा गर्ने तीन दिनअघिको आफ्नै निर्णय बदर गरेका छन् । ट्रमाको निमित्त मेसु रहेका डा. पौडेललाई गत २९ भदौमा राज्यमन्त्रीस्तरको निर्णयबाट हटाइ कान्ति बाल अस्पताल सरुवा गरिकाजमा ट्रमा सेन्टर नै तानिएको भनिएको थियो । डा. […]

२० हजार स्वास्थ्यकर्मी थप्नुपर्छ - स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले देशभरिका अस्पतालका लागि २० हजार चिकित्सक तथा स्वास्थ्यकर्मी थप्नुपर्ने बताउनुभएको छ । भरतपुर अस्पतालमा आज आइतवार आयोजित स्वागत कार्यक्रममा उहाँले चिकित्सक, नर्स र प्यारामेडिकलको दरबन्दी थप्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो ।गरिब नागरिकले सहज उपचार पाउनका लागि जनशक्ति थप गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले सरकारी अस्पताललाई साधन, स्रोत र जनशक्ति अभाव हुन दिन नहुनेमा जोड दिनुभयो । भरतपुर अस्पतालले सम्पूर्ण सेवा दिन नसकेका कारण भरतपुरका गल्लीगल्लीमा अस्पताल खु...

बिरामीसँग भेटघाट गर्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

चितवन, ५ भदौः स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठ शनिबार वी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालको निरीक्षणका क्रममा बिरामी भेटघाट गर्दै।-तस्बिरः नारायण अधिकारी-रासस