कांग्रेस सभापतिको १७०० मतगणना हुँदा देउवा र कोइरालाको कति–कति मत ?

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापतिको १७०० मतगणना हुँदा सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन् । सभापतिमा १७०० मतगणना हुँदा शेरबहादुर देउवाले ८११, शेखर कोइरालाले ६१६ मत ल्याएका छन् । कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ । कांग्रेस नेतृत्वका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरू डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।  

सम्बन्धित सामग्री

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रमा मतगणना सुरु

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार बन्नुभएको निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ ।  प्रधानमन्त्री देउवा उम्मेदवार बन्नुभएको डडेल्धुरा र एमाले अध्यक्ष ओली उम्मेदवार बन्नुभएको झापा क्षेत्र नम्बर ५ को मतगणना भर्खरै सुरु भएको हो । यी दुवै ठाउँको प्रारम्भिक मत परिणाम आउन बाँकी छ ।

कांग्रेस सभापति चयनका लागि मत गणना सुरु, जित्न २२८२ मत चाहिने

काठमाडौं :  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानको मतगणना सुरु भएको छ।राष्ट्रियसभा गृहमा भर्खरै मतगणना सुरु भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ। दोस्रो चरणको निर्वाचनमा बर्तमान सभापति शेरबहादुर देउवा र डा.शेखर कोइराला प्रतिस्पर्धामा छन् ।पहिलो चरणको मतदानमा देउवा पहिलो र कोइराला दोस्रो स्थानमा थिए। पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नकटाएपछि आज दोस्रो चरणको मतदान भएको थियो। आज ४५६२ मत खसेको छ। अब सभापतिमा निर्वाचित हुन

कांग्रेस सभापति चयनको मतगणना सुरु

काठमाडौंः नेपाली कांग्रेसको सभापति चयनका लागि सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ। निर्वाचनपछिको प्रक्रिया सकेर निर्वाचन समितिले गणना सुरु गरेको हो। राष्ट्रिय सभागृहमा सवा ११ बजेबाट मतदान सुरु गरिएको हो।  दोस्रो चरण अन्तर्गत मंगलबार भएको मतदानमा ४५६२ मत खसेको छ।  प्रतिस्पर्धामा शेरबहादुर देउवा र शेखर कोइराला छन्। पहिलो चरणको निर्वाचनका प्रत्यासी…

कांग्रेस सभापति चयनको मतदान सकियोः ४५६२ मत खस्यो, केहीबेरमा मतगणना सुरु हुने

काठमाडौँः नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ। मंलगबार राति साढे ९ बजेसम्म भएको मतदानमा ४५६२ मत खसेको निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए। सोमबार भएको पहिलो चरणको मतदानमा ४६७९ मत खसेको थियो। पहिलो चरणमा भन्दो ११५ मत कम खसेको हो।  सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा…

कांग्रेस सभापति: ६०० मत गन्दा देउवा २८८, कोइराला २१८

काठमाडौँ- कांग्रेस सभापतिको जारी मतगणनामा ६०० मत गन्दा शेरबहादुर देउवाले २८८ मत पाएका छन् भने डा. शेखर कोइरालाले २१८ मत पाएका छन्। कांग्रेस सभापतिको मतगणना राष्ट्रिय सभागृहमा जारी छ। ४६७९ मत खसेकाले जित्न बहुमत अर्थात २३४० मत ल्याउनुपर्छ।

कांग्रेस संसदीय दलको मतदान सकियो

नेपाली कांग्रेस संसदीय दलको नेता छान्न भएको मतदान कार्य भर्खरै सकिएको छ। अन्तिममा कांग्रेस नेता प्रदीप गिरीले मतदान गरेपछि मतदान कार्य सकिएको हो। अब मतगणना सुरू भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा १० बजेदेखि मतदान सुरू भएको हो। संसदीय दलको नेताका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंह प्रतिस्पर्धामा छन्। कांग्रेसमा संसदीय…

किन भाग्दै छन् देउवा ? - Naya Patrika

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा यतिवेला विभिन्न प्रश्न र आलोचनाको घेरामा छन् । एकातिर निर्वाचनको प्रत्यक्षतर्फको मतगणना आइसकेको र समानुपातिकतर्फको पनि मतगणना सकिएको भए पनि अनेक बखेडाका आधारमा निर्वाचन...पूरा पढ्नुहोस् »

देउवा दोब्बर मतले अगाडि #NepalVotes #NepalElection2017

डडेलधुरामा कांग्रेस सभापति शेरबहादुर देउवा दोब्बर मतान्तरले अगाडि भएका छन्। उनले १२५१४ मत ल्याएका छन्। उनलाई पछ्याउँदै वाम गठवन्धनका खगराज भट्टले ७३३० मत पाएका छन्। मतगणना जारी छ।