काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषले जलवायुजन्य विपद्बाट हुने क्षति न्यूनीकरणका लागि प्रतिक्रियात्मक उपायभन्दा पूर्वतयारी र जलवायु उत्थानशीलतामा आधारित कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा कोषका कार्यवाहक निर्देशक डा. मनिषराज पाण्डेले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सरकारले पूर्वतयारीमा आधारित नीति तथा कार्यक्रम […]
काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी राजनीतिज्ञ गादी आइसेनकोटले बिहीबार आगामी निर्वाचनमा बहुमत प्राप्त गरी सत्तामा आएमा आफूले गाजामा हमासको शासन अन्त्य गर्ने बताएका छन्। “आज म सार्वजनिक प्रतिबद्धता गर्छुस म प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गरेको क्षणदेखि १८ महिनाभित्र हमासले गाजा पट्टीमा शासन गर्ने छैन,” केन्द्र–दक्षिणपन्थी याशर पार्टीका नेता आइसेनकोटले युद्धग्रस्त प्यालेस्टिनी […]
न्यूयोर्क प्रहरी विभागका ड्युटीमा नरहेका एक जासूसलाई ज्यानमार्ने मनसायले चक्कु प्रहार गरेको अभियोग लागेका दुई पुरुषले बुधबार अदालतसामु आफूहरू निर्दोष रहेको दाबी गरेका छन्। अक्टोबर २ मा ब्रोन्क्सको इस्ट २०६ स्ट्रिट र रोचाम्बु एभिन्युमा जासूस जोसे मर्सीडिजमाथि भएको पाश्विक आक्रमणको सम्बन्धमा २५ वर्षीय डि’एन्जेलो राफेल जिन काराबालो र २४ वर्षीय स्नाइडर मेजिया बाउटिस्टाविरुद्ध हत्याको प्रयाससम्बन्धी […]
पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन् । थाइल्याण्डको राजधानी बैंकमा जारी विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहेका अर्थमन्त्री डा वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष […]
विराटनगर । कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा सहभागी हुन प्रदेश सचिव इन्द्र सापकोटालाई मनोनयन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सापकोटालाई मनोनयन गरेको हो । आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार बैठकले ‘कोशी प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ […]