कोभिड केन्द्रित बजेट ल्याउन सुझाव

कोरोनाबाट प्रभावित नागरिकले आगामी बजेट स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर ल्याउन सुझाव दिएका छन् ।संसद्मा बजेट प्रस्तुत गर्ने मिति नजिकिँदै गर्दा उनीहरूले स्वास्थ्यलाई प्राथमिकता र कोभिडबाट प्रभावित व्यक्तिदेखि व्यवसायसम्मलाई पुनरुउत्थानमा केन्द्रित भई बजेट र कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका हुन् । पछिल्लो समयमा कोरोना महामारीका कारण उचित उपचार नपाएर नागरिकले मृत्युवरण गरिरहेको बेला विभिन्न पेसा र व्यवसायमा […]

सम्बन्धित सामग्री

योजना छनोटमा जुटे स्थानीय पालिका

कैलाली । कैलालीका स्थानीय तह आगामी वर्षका लागि योजना छनोटमा जुटेका छन् । असारमा नगर तथा गाउँसभामार्फत बजेट ल्याउन स्थानीय तह बस्तीस्तरका योजना छनोटमा जुटेका हुन् । योजना छनोटका लागि बस्तीस्तर, गाउँ र वडामा भेला गर्न नसक्ने अवस्था भए पनि नागरिकसँग सुझाव लिने कार्य थालेका छन् ।       कैलालीका पालिकाले यतिखेर सामाजिक सञ्जाल, टेलिफोन र इमेलमार्फत सुझाव दिन र योजना माग गर्न नागरिक तथा संघसंस्थालाई अपिल गरेका छन् । टीकापुर नगरपालिकाले टेलिफोन र इमेलमार्फत सुझाव दिन नगरवासीलाई सूचना गरेको छ । ‘संघसंस्थालाई आफ्ना माग पेश गर्नसमेत सूचना गरिएको छ । विगतझैं बृहत् छलफल गर्न कठिन छ, तर समयमै योजना ल्याउन विकल्प खोजेर छनोटमा जुट्ने तयारी भएको छ,’ नगरप्रमुख तपेन्द्रबहादुर रावलले भने, ‘विगतमा आठ चरणमा छलफलपछि योजना छनोट गरिन्थ्यो । हामीले नगरको आर्थिक स्रोतको पहिचान गरेर वडालाई बजेटको खाका दिने कार्य टुंग्याउन थालेका छौं, अब वडास्तरमा छलफल शुरू हुन्छ ।’      नगरपालिकाले यही जेठ ३१ गतेसम्म वडालाई योजना छनोट गरेर नगरपालिकामा पेश गर्न निर्देशन दिएको छ । वडाले टोल, वडा भेला गरेर बजेट बनाउन कठिन भएकाले टोलको प्रतिनिधित्व हुनेगरी बडघर तथा अगुवा बोलाएर योजना छनोट गर्ने तयारीमा जुटेको टीकापुर–१ का वडाध्यक्ष गंगाराम आचार्यले बताए । जानकी गाउँपालिकाले समेत समयमै बजेट ल्याउन योजना छनोट कार्य शुरू गर्ने तयारी थालेको छ । गाउँपालिका अध्यक्ष प्रदीपकुमार चौधरीले गतवर्ष प्राथमिकतामा परेका योजना, वडामा दूरी कायम गरेर छलफल गरेर योजना ल्याउन वडासमिति सक्रिय भएका बताए । ‘बजेट समयमै ल्याउने तयारी छ । वडामा सबै टोलको प्रतिनिधित्व हुनेगरी अगुवाहरू राखेर योजनाबारे छलफल गरेर टुंगो लगाउनेछौं,’ अध्यक्ष चौधरीले भने । स्थानीय सरकारले नीति कार्यक्रम र बजेट ल्याउने समयावधि अब १२ दिनमात्र बाँकी छ । कानूनी रूपमा आगामी असार १० गतेसम्म नीति तथा कार्यक्रम र बजेट परिषद्मा टेबल गर्नुपर्ने प्रावधानअनुसार स्थानीय तह जुटेका छन् । भजनी नगरपालिकाले पनि स्वास्थ्य मापदण्ड पूरा गरेर कमभन्दा कम नागरिक भेला गरेर योजना छनोट गर्ने गरी काम थालेको नगरप्रमुख शेरबहादुर चौधरीले बताए । कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलिएपछि एकातिर चालू वर्षका योजना सम्पन्न गर्नुपर्ने, अर्कोतर्फ आगामी वर्षका योजना छनोटको चाप स्थानीय तहलाई छ । महामारीको जोखिम भए पनि विकास निर्माणका कार्य र कार्यालयका अत्यावश्यक सेवा सञ्चालन राखेका यहाँका पालिका नीति तथा कार्यक्रम र बजेटको समय नजिकिँदै गर्दा कामको चाप बढेको बताउँछन् । कोरोना महामारीले कैलालीमा २०० भन्दा बढीको ज्यान गएको छ । महामारीको पीडा भोगेका यहाँका पालिकाले आगामी वर्षको नीति कार्यक्रम र बजेटलाई कोभिड नियन्त्रणमा केन्द्रित गर्ने बताएका छन् । सबैजसो पालिकाले उत्पादन र रोजगारी वृद्धि र स्वास्थ्य सचेतना, उपचारलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्ने भएका छन् । रासस

पूर्ण बजेट नल्याउन पूर्वअर्थमन्त्रीहरूको सुझाव

काठमाडौं । पूर्वअर्थमन्त्रीहरूले पूर्ण बजेट नल्याउन सरकारलाई सुझाव दिएका छन् । हाल बहुमतको सरकार नरहेको, कामचलाउ सरकार रहेको, संसद् पुनःस्थापनाको मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन रहेको हुँदा पूर्ण बजेट ल्याउन नमिल्ने उनीहरूको ठहर छ । पूर्वअर्थमन्त्री मञ्चको बैठक आगामी आर्थिक वर्ष ०७८÷७९ को बजेट एवम् कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावका बारे केन्द्रित रहेर बसेको थियो । पूर्वअर्थमन्त्रीहरु प्रकाशचन्द्र लोहनी, रामशरण महत, कृष्ण बहादुर महरा, सुरेन्द्र पाण्डे र वर्षमान पुन सहभागी बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वव्यापी मान्यता र प्रचलनबमोजिम पनि यस्तो अवस्थामा पूर्ण बजेट ल्याउन नमिल्ने विषयलाई बैठकले जोड दिएको छ, त्यसो हुँदा अध्यादेशमार्फत बजेट ल्याउनै पर्ने बाध्यता भए नियमित खर्चमात्रै गर्ने गरी कामचलाउ बजेट ल्याउन सुझाव छ ।’