बाँकेलाई आज पूर्ण साक्षर जिल्ला घोषणा गरिंदै

३२ असार, काठमाडौं । बाँके जिल्लालाई आज शनिबार पूर्ण साक्षर जिल्ला घोषणा गरिदैंछ । जिल्लाका ८ वटै पालिकालाई पूर्ण साक्षर घोषणा भइसकेका छन् । आज जिल्लालाई औपचारिकरुपमा घोषणा गर्न लागिएको जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले जानकारी दिए । चौधरीका अनुसार जिल्ला समन्वय समितिको भवनमा दिउँसो २ घोषणा कार्यक्रम हुनेछ । कार्यक्रममा युवा तथा […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेश पूर्ण साक्षर बनाइँदै

कर्णाली प्रदेशलाई साक्षर प्रदेशका रूपमा घोषणाका लागि आवश्यक तयारी थालिएको छ। कर्णाली प्रदेशका १० जिल्लामध्ये जाजरकोट, दैलेख, सुर्खेत, सल्यान र रुकुमपश्चिमलाई साक्षर जिल्ला घोषणा गरिसकेको छ। कालीकोट, मुगु, जुम्ला, हुम्ला र डोल्पा जिल्ला बाँकी रहेका छन्। सरकारले जारी गरेको मापदण्ड पूरा गरेका जिल्लालाई पूर्ण साक्षर घोषणा गरिएको हो।

रुपन्देही पूर्ण खोप र कपिलवस्तु पूर्ण साक्षर जिल्ला घोषणा

रुपन्देही । लुम्बिनी प्रदेशको रुपन्देही पूर्ण खोप दिगोपना सुनिश्चित जिल्ला र कपिलवस्तु पूर्ण साक्षर जिल्ला घोषणा भएका छन् । जिल्ला खोप समन्वय समिति रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको कार्यक्रममा लुम्बिनीका स्वास्थ्यमन्त्री राजु खनालले रुपन्देहीलाई पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला घोषणा गरेका हुन् । पूर्ण खोप जिल्ला सुनिश्चित गर्ने राष्ट्रिय निर्देशिकाबमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरी […]

बाँके साक्षर जिल्ला घोषणा

बाँकेलाई साक्षर जिल्ला घोषणा गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले शनिबार साक्षर घोषणा कार्यक्रममा बाँकेलाई साक्षर जिल्ला घोषणा गरेका हुन् । साक्षर घोषणा भएकाहरु मध्ये देशभरमा बाँके ६१औ जिल्लामा पर्दछ भने लुम्बिनी प्रदेशमा ११ औँ नम्बरमा पर्दछ । साक्षर जिल्ला घोषणा गर्दै मन्त्री अथकले जिल्लाको साक्षरता प्रतिशत ९६.५६ रहेको बताए । बाँकेलाई साक्षर जिल्लाका रूपमा घोषणा गर्न पाउँदा धेरै खुसी लागेको भन्दै मन्त्री गहतराजले जिल्लालाई पूर्ण साक्षर बनाउन सबै लाग्नुपर्ने बताउनुभयो

काठमाडौँमा भोलिदेखि वर्गिकरण गरेर फोहोर संकलन हुँदै

काठमाडौं।काठमाण्डौं महानगरपलिकामा भोलिदेखि वर्गिकरण गरेर फोहोर संकलन हुने भएको छ।नेपालमा श्रम स्वीकृति लिनेको सङ्ख्या ५ वर्षयताकै उच्च हुन पुगेको छ।दाङमा गोठ भत्किँदा २ वर्षीया बालिकाको मृत्यु हुन पुगेको छ।बाँकेलाई आज पूर्ण साक्षर जिल्ला घोषणा गरिंदै छ र मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको मृत्यु हुन पुगेको छ।

आज पूर्ण साक्षर जिल्ला घोषणा हुँदै बाँके

काठमाडौँ । बाँके जिल्लालाई आज शनिबार पूर्ण साक्षर जिल्ला घोषणा गरिँदैछ । जिल्लाका ८ वटै पालिकालाई पूर्ण साक्षर घोषणा भइसकेका छन् । आज जिल्लालाई औपचारिक रूपमा घोषणा गर्न लागिएको जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले जानकारी दिए । चौधरीका अनुसार जिल्ला समन्वय समितिको भवनमा दिउँसो घोषणा कार्यक्रम हुनेछ । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर […]

काठमाडौं जिल्लाको साक्षरता प्रतिशत ९६.८८ प्रतिशत

काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । सोमवार बागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन् । राजधानीमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री सुवेदीले काठमाडौं जिल्लाको साक्षरता प्रतिशत ९६.८८ प्रतिशत रहेको भन्दै काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको बताए । काठमाडौं जिल्लालाई साक्षर बनाउँदा धेरै खुशी मिलेको भन्दै जिल्लालाई अझै पूर्ण साक्षर बनाउनमा लागि पर्ने बताए । शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रप्रस

चुनावी घोषणापत्रअनुसार काम गर्छौं : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले प्रतिनिधिसभा निर्वाचनमा प्रस्तुत नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्रअनुसार काम गरिरहेको बताएका छन् । उदयपुर जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रममा पोखरेलले पार्टीको घोषणापत्रमा उल्लेख भएअनुसार शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सरकारले काम गरिरहेको बताए ।

उदयपुर अब साक्षर जिल्ला

उदयपुर जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। साक्षर जिल्ला हुन नेपाल सरकार, शिक्षा मन्त्रालयले जारी गरेको मापदण्ड पुरा गरेकाले साक्षर जिल्ला घोषणा हुनलागेको हो।

भक्तपुरमा साताव्यापी साक्षरता दिवस मनाइने

अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुरले ७५ जिल्लालाई पूर्णसाक्षर जिल्ला बनाउने घोषणा गरे पनि अधुरो भएको छ । यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक चूडामणि पौडेलले हालसम्म देशभरका ३८ जिल्ला मात्रै पूर्णसाक्षर जिल्ला घोषणा भएको बताए। जिल्लामा ९५ प्रतिशत नागरिक साक्षर भएपछि पूर्ण साक्षर जिल्ला घोषणा हुने प्रावधान छ । अझै ३७ जिल्ला पूर्ण साक्षर…

मनाङ साक्षर जिल्ला घोषणा - Naya Patrika

मनाङ जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । मनाङ ३५ औँ साक्षर जिल्ला घोषणा भएको हो । मनाङलाई पूर्ण साक्षर जिल्ला बनाउने प्रतिवद्धतासहित प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सुनिल खनालले...पूरा पढ्नुहोस् »