रातोपाटी ब्रिफिङ : प्रधानमन्त्रीको अमेरिका भ्रमणप्रति संसदीय समितिको चासो, मल ल्याउन सरकारलाई संसदको ताकेता

आज २०७९ जेठ ३० गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा रासायनिक मल ल्याउने सबै उपाय अवलम्बन गर्न सरकारलाई संसदको निर्देशन, एमाले सचिवालय बैठकको ठहर– बाह्य सम्बन्धमा विचलन; स्थानीय निर्वाचन परिणाम अपेक्षाकृत आएन, प्रस्तावित अमेरिका भ्रमणबारे छलफल गर्न संसदीय समितिले बोलायो प्रधानमन्त्रीलाई, विश्वराजको मुद्दा ‘हेर्दाहेर्दै’मा; अब असार ५ गते सुनुवाइ, बजेट न