नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढेको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम 'नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)' राख्न प्रस्तावसमेत गरेका छन् ।माओवादी अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्षबाट कारबाही गरिएका डा. बाबुराम भट्टराईबीच बिहीबार पार्टी एकीकरणबारे छलफल भएको छ। प्रचण्ड सचिवालयका अनुसार ललितपुर हात्तीवन हाउजिङमा छलफल भएको हो। आफ्ना भान्जा