कुनै अनियमिता छैन, एक भएर लडे विजय सम्भव- स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि चीनबाट ल्याएका औषधिजन्य सामग्री व्यावसायीसंँग प्रतिस्पर्धा गराएर ल्याइएको हुनाले कुनै अनियमिता नभएको स्पष्ट पार्नु भएको छ । मन्त्रालयमा आज गोरखापत्र र रासससँग कुरा गर्दै उहाँले रीतपूर्वक बोलपत्र आह्वान गरेर चीनबाट सामग्री ल्याइएको हो भन्नुभयो । हिजो र आजको दर देखाएर अनियमिता ग¥यो भन्ने कुरा जायज नभएको उहाँको भनाइ थियो ।

सम्बन्धित सामग्री

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको मन्त्रीले स्वीकारे, छानबिन भइरहेको जवाफ

काठमाडौं । कोरोना महामारीका बेला स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको व्यापक जनगुनासो आए पनि प्रधानमन्त्री ओली र तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले त्यसलाई ठाडै अस्वीकार गर्दै आइरहेका थिए ।बहालवाला स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने स्वास्थ्य सामग्री खरिदमा अनियमिता भएको स्वीकार गर्दै यसबारे मन्त्रालयले छानविन गरिरहेको...