बैंक अफ काठमाण्डूको नाफामा वृद्धि

काठमाडौँ – गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंक अफ काठमाण्डूको नाफामा सामान्य वृद्धि भएको छ। यसअवधिमा खुद नाफा ४.८६ प्रतिशतले बढेर १ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। वितरणयोग्य नाफा १५.४२ प्रतिशतले बढेर १ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। अघिल्लो […]

सम्बन्धित सामग्री

बैंक अफ काठमाण्डूको चाडवाड लक्षित क्यासब्याक योजना

काठमाडौं, १ कात्तिक । बैंक अफ काठमाण्डू लिमिटेडले तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुलाई मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विधुतिय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५% सम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ । यस नगदफिर्ता योजना कार्तिक १ गते मंगलबारबाट कार्तिक ६ गते आइतबारसम्म मात्र रहने छ । यस योजना अन्तर्गत बैंकको मोबाईल […]

बैंक अफ काठमाण्डूको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिक

काठमाडौं, २४ साउन । बैंक अफ काठमाण्डू लिमिटेडले ११.०३ प्रतिशतको उच्चतम् ब्याजदर भएको बिओके रिकरिङ्ग र रिभर्स रिकरिङ्ग निक्षेप खाताहरु सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुको भविष्य तथा वर्तमानको वित्तीय योजनाहरुमा सहयोग पु¥याउने हेतुले यस्तो निक्षेप खाता सञ्चालनमा ल्याएको जनाएको छ। वित्तीय ब्यवस्थापन कसरी गर्ने भन्ने सोचमा रहेका व्यक्तिहरुको लागी विभिन्न आकर्षक सुबिधाको साथै उच्चतम् […]

बैंक अफ काठमाण्डूको घरदैलो कार्यक्रम सम्पन्न

काठमाडौं, ६ असार । बैंक अफ काठमाण्डू लिमिटेडका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । सम्पूर्ण नागरिकहरुलाई सहज बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले बैंकका प्रदेश १ अन्र्तगतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेको हो । बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारी मुलक तथा विभिन्न बैंकिङ्ग सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले संचालन […]

बैंक अफ काठमाण्डूको बिक्रि प्रबन्धमा एनआईबिएल एस क्यापिटल

काठमाडौं, ३ चैत्र । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । बैंकले ऋणपत्र निष्काशनको लागि क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गर्दै सम्झौता गरेको हो । सम्झौतामा बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर […]

बैंक अफ काठमाण्डूको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले एक हजार अंकित दरको ११ लाख कित्ताले हुन आउने १ अर्ब १० करोड रुपैयाँ बराबरको ‘बीओके डिबेन्चर २०८६ (क)’ ऋणपत्र जारी गर्न एनआईबीएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंक अफ काठमाण्डू लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रवणलाल मास्के र एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब महाप्रबन्धक सचिन्द्र […]

दमकमा बैंक अफ काठमाण्डूको नयाँ शाखा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले झापाको दमकमा नयाँ शाखा विस्तार गरेको छ । दमक नगरपालिका–५ स्थित दमकमा आइतबार एक कार्यक्रमको आयोजना गरी दमक नगरपालिकाका मेयर रोमनाथ ओली र बैंकका सञ्चालक गोविन्दप्रसाद शर्माले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रममा नगरप्रमुख ओलीले स्थानीय ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर बैंकले सेवा दिनेमा आफूले विश्वास लिएको […]

बैंक अफ काठमाण्डू र सेरेन हस्पिटालिटीबीच छुट सम्वन्धि संझौता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र सेरेन हस्पिटालिटी सर्भिसेज प्रा.लि. बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा १५ प्रतिशत छुटको व्यवस्था गर्ने संझौता भएको छ । बैंक अफ काठमाण्डूको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । सो संझौता पश्चात् […]

स्वास्थ्य  संस्थालाई बैंक  अफ काठमाण्डूको  सहयोग

कोभिड–१९ सँग लड्न सहयोग गर्ने उद्देश्यले बैंक अफ काठमाण्डू लिमिटेडले देशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थालाई सुरक्षा सामग्री प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रियस्तर, प्रदेशस्तर, जिल्लास्तर तथा स्थानीयस्तरका...

बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा ब्रिटिश कलेजमा

काठमाडौं, ३ असोज । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार विस्तारित गर्नेक्रममा ब्रिटिश कलेज, काठमाण्डौंमा डिजिटल भुक्तानी सेवा संचालनमा ल्याएको छ । ब्रिटिश कलेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावक महानुभावले मोबाईल बैंकिङ्ग मार्फत यस बैंकको क्यूआर कोडको स्क्यान गरी आफ्नो कलेजको बिल सजिलै भुक्तानी गर्न सक्नेछन् । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने क्रममा बैंकले डिजिटल कारोबारको […]

नेप्सेद्वारा बैंक अफ काठमाण्डूको ऋणपत्र सुचिकृत

काठमाडौं, २८ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र सुचिकृत गरेको छ । नेप्सेले बैंकको ८.५० प्रतिशत बिओके डिबेन्चर २०८६” को १६ लाख कित्ता ऋणपत्र सूचीकृत गरेको जनाएको छ । आज बिहीवार नेपाल स्टक एक्सचेञ्ज र कम्पनीबीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएको छ । आइतवारदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।