काठमाडौं : बाक्लो हिउँ छिचोल्न नसक्दा मुस्ताङको एउटा मतदान केन्द्र हिँडेको मतदान अधिकृतसहितको टोली रोकिएको छ।कर्मचारी र सुरक्षाकर्मी वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५ स्थित साङ्तास्थित हिमाली आधारभूत विद्यालय मतदान स्थलमा पुग्न नसकेका हुन्।करिब एक किलोमिटर बाटो हिउँले ढाकेका कारण आज त्यहाँ पुग्न नसकेको मुस्ताङका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले थाहाखबरलाई जानकारी दिए।भोलि शुक्रबार बिहानै डोजर लगेर बाटो सफा गरी कर्मचारी पुर्याइने डिएसपी पौडेलले बताए। फर्किँदा पनि हिउँ