महिलाले नै महिला नेतृत्व जन्माउनुपर्छ : उपमेयर सत्याल

ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्याल गठबन्धन हुँदा महिला प्रतिनिधिको सहभागिता घट्छ कि भन्नेमा डर भएको बताएकी छन् । सत्यालले यो विषयमा पार्टीभित्र नेतृत्व तहमा नै लबिङ हुनुपर्ने बताइन् । रातोपाटीसँगको कुराकानीमा उनले निर्वाचनमा पुरुषलाई मात्र मेयर र उपमेयर उठाइदिने हो भने महिलाको कोटा कम हुने बताइन्  ।उनले भनिन्, ‘जुनसुकै पार्टीले तालमेल गरेपनि महिलाको कोटा पुर्याउनै पर्छ । महिलाको कोटा पुगे नपुगेको निगरानी निर्वाचन आयोगले राख्नुपर्छ ।’ संविधानले सुरक्षा गरे

सम्बन्धित सामग्री

महिला नेतृत्व कति प्रभावकारी ?

स्थानीय निर्वाचनमा दलहरूले उठाएका उम्मेदवारको समावेशितालाई लिएर बहस भइरहेको छ । खास गरी उपाध्यक्ष वा उपमेयर चलाएका धेरै महिलालाई अध्यक्ष वा मेयर पदमा प्रत्याशी बन्न खोज्दा पार्टीहरूले टिकट दिएनन् । स्थानीय निर्वाचनमा ८ हजार २ सय ४९ कार्यकारी पद (मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष) का लागि कुल ४२ हजार ९ सय ५३ जनाको उम्मेदवारी परेकामा महिला २ हजार ३ सय ८६ जना मात्रै छन्, जुन ५ दशमलव ५ प्रतिशत हो ।

मेयर–उपमेयर नमिल्दा थलिँदै चन्दननाथ

जुम्ला, साउन ९ । चन्दननाथ नगरपालिकाले महिला नेतृत्व पाउँदा स्थानीय खुसी थिए। पहिलोपटक महिला मेयर र उपमेयर निर्वाचित गरेका नगरवासीले तीव्र गतिमा नगरको विकास हुने आशा राखेका थिए। सामाजिक, आर्थिक, भौतिक विकास भएर समृद्धिको यात्रामा नगर अघि बढ्ने विश्वास स्थानीयले राखेका थिए। तर स्थानीयको आशा र विश्वास चार वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। […]