बैंकलाई ब्रोकर लाईसेन्स दिनुपर्छ : भुवन दाहाल

नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवन दाहालले  बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन सुझाव दिएका छन् । आगामी मौद्रिक नीति विषयक अन्तरक्रिया कार्यक्रममा दाहालले बैंकलै ब्रोकर लाईसेन्स दिनको लागि राष्ट्र बैंकका गभर्नरलाई सुझाव दिएका हुन् ।बैंकहरु गाउँ गाउँमा पुगेको अवस्थामा त्यसको लाभ लिनु पर्ने र बैंकहरुलाई ब्रोकर लाईसेन्स दिन सकिने उनको भनाई थियो । यदि बैंकले नै सबै तिर कमाउने किन भन्ने प्रश्न उठ्ने भए त्यसको लागि शेयरहोल्डिंग प्याटर्न फरक फरक राखेर अरुलाई पनि समावेश गराउन सकिने सुझाव दिएका छन् । त्यस्तै उनले बैंक तथा वित्तीय संस्था मर्ज हुँदा ठूला र राम्रा भएका छन् कि छैनन् भन्ने अध्ययन गर्न राष्ट्र बैंकलाई सुझाव दिएका छन् । उनले बैंकहरु मर्जपछि ठूला मात्र भए कि राम्रा पनि भए अध्ययन गर्न सुझाव दिएका हुन् । उनले बैंक तथा वित्तीय संस्थाको संख्या धेरै नै घटिसकेकोले अब मर्जमा धेरै दबाब दिन नहुने बताएका छन् । उनले निश्चित मापदण्ड तोकेर सो पुरा हुन नसक्ने अवस्थामा मात्र बैंकहरु मर्जमा जानु पर्ने ब्यबस्था गर्नु ठिक हुने बताए । तर राष्ट्र बैंकको सबै नियमकीय ब्यबस्था पालना भएको छ भने सानै बैंक पनि रहनु पर्ने बताए ।त्यस्तै उनले ८ प्रतिशतको आर्थिक वृद्धि गर्नको लागि आवश्यक पर्ने पैसा प्रणाली मै नभएको बताएका छन् । आगामी मौद्रिक नीति विषयक अन्तरक्रिया कार्यक्रममा दाहालले आगामी आर्थिक वर्षमा सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको तर त्यसको लागि स्रोत भने नभएको बताएका हुन् ।उनले ८ प्रतिशत आर्थिक वृद्धि हँसिल गर्न कम्तिमा २० देखि २५ प्रतिशत कर्जा प्रवाह बढ्नु पर्ने तर त्यसको लागि स्रोत नै नभएकोले आर्थिक वृद्धिको लक्ष्य हाँसिल गर्न कठिन हुने बताए । उनले भने ' म अर्थ मन्त्रालयलाई शुभकामना दिन चाहन्छु यो लक्ष्य पुरा होस् भनेर, तर स्रोतको अभाव छ'।

सम्बन्धित सामग्री

भुवन दाहाल

सामान्यत: बैंकहरू कत्ति स्वस्थ छन् भनी हेर्न पुँजी पर्याप्तता अनुपात, सम्पत्तिको गुणस्तर, व्यवस्थापन, आम्दानी तथा तरलताको विश्लेषण गरिन्छ । हाल बैंकहरूसँग तरलता प्रशस्त छ । बैंकबीचको तीव्र प्रतिस्पर्धा, नेपाल राष्ट्र बैंकको नियम तथा अर्थतन्त्रमा देखिएको सुस्तताका कारण सबै बैंक नाफैमा भए पनि लगानीको प्रतिफल भने निरन्तर घटिरहेको छ ।

८ प्रतिशतको आर्थिक वृद्धि हाँसिल गर्न पुग्ने पैसा नै छैन : भुवन दाहाल

नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवन दाहालले ८ प्रतिशतको आर्थिक वृद्धि गर्नको लागि आवश्यक पर्ने पैसा प्रणाली मै नभएको बताएका छन् । आगामी मौद्रिक नीति विषयक अन्तरक्रिया कार्यक्रममा दाहालले आगामी आर्थिक वर्षमा सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको तर त्यसको लागि स्रोत भने नभएको बताएका हुन् ।उनले ८ प्रतिशत आर्थिक वृद्धि हँसिल गर्न कम्तिमा २० देखि २५ प्रतिशत कर्जा प्रवाह बढ्नु पर्ने तर त्यसको लागि स्रोत नै नभएकोले आर्थिक वृद्धिको लक्ष्य हाँसिल गर्न कठिन हुने बताए । उनले भने ' म अर्थ मन्त्रालयलाई शुभकामना दिन चाहन्छु यो लक्ष्य पुरा होस् भनेर, तर स्रोतको अभाव छ'। उनले बैंक तथा वित्तीय संस्था मर्ज हुँदा ठूला र राम्रा भएका छन् कि छैनन् भन्ने अध्ययन गर्न राष्ट्र बैंकलाई सुझाव दिएका छन् । उनले बन्खारू मर्जपछि ठूला मात्र भए कि राम्रा पनि भए अध्ययन गर्न सुझाव दिएका हुन् । उनले बैंक तथा वित्तीय संस्थाको संख्या धेरै नै घटिसकेकोले अब मर्जमा धेरै दबाब दिन नहुने बताएका छन् । उनले निश्चित मापदण्ड तोकेर सो पुरा हुन नसक्ने अवस्थामा मात्र बैंकहरु मर्जमा जानु पर्ने ब्यबस्था गर्नु ठिक हुने बताए । तर राष्ट्र बैंकको सबै नियमकीय ब्यबस्था पालना भएको छ भने सानै बैंक पनि रहनु पर्ने बताए ।त्यस्तै उनले बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन पनि सुझाव दिएका छन् । यदि बैंकले नै सबै तिर हात हाल्ने होइन भन्ने लाग्छ भने त्यसको लागि शेयरधनीको स्वामित्व फरक फरक राख्न उनले सुझाव दिएका छन् । बैंकहरु गाउँ गाउँमा पुगेको अवस्थामा त्यसको लाभ लिनु पर्न  उनको भनाई छ।

परराष्ट्रमन्त्री खड्कालाई कालो झण्डा

काठमाडौं, माघ २० । परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई उदयपुरमा नेकपा एमाले निकट अनेरास्ववियुले कालो झण्डा देखाएका छन् । गृहजिल्ला पुग्नुभएका परराष्ट्रमन्त्री खड्कालाई अनेरास्ववियुका विद्यार्थीले मदन भण्डारी लोकमार्गको त्रियुगा अस्पतालमा कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने अनेरास्ववियुका भुवन दाहाल, मनोज तामाङसहित तीन जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । परराष्ट्रमन्त्री डा.खड्का त्रियुगा नगरपालिका–८ स्थित […]

उदयपुरमा परराष्ट्रमन्त्रीलाई देखाए अनेरास्ववियुका विद्यार्थीहरूले कालो झण्डा

उदयपुर । परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई उदयपुरमा अनेरास्ववियुका विद्यार्थीहरूले बिहीवार बिहान कालो झण्डा देखाएका छन् । गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेका खड्कालाई मदन भण्डारी लोकमार्गको त्रियुगा हस्पिटल अघि कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने अनेरास्ववियुका भुवन दाहाल, मनोज तामाङसहित तीन जना विद्यार्थीलाई प्रहरी नियन्त्रणमा लिएको छ । परराष्ट्रमन्त्री त्रियुगा नगरपालिका–८ स्थित अम्बेरसिंह जनता […]

३० वर्षे बैंकिङ्ग करिअरबाट विदा हुँदै भुवन दाहाल

काठमाडौँ– बैंकिङ्ग करिअरमा ३० वर्ष बिताएका भुवनकुमार दाहाल आगामी महिनादेखि यस क्षेत्रबाट बिदा हुँदैछन् । वाणिज्य बैंकको तल्लो तहको कर्मचारीदेखि सबैभन्दा माथिल्लो पद प्रमुख कार्यकारी अधिकृत सीईओ भएर काम गरेका उनले यसैबीचमा बैंकहरूको छातासंस्था नेपाल बैंकर्स संघको नेतृत्वमा पनि रहे ।  सानिमा बैंकको सीईओको निमा …

अब बैंकहरुको नाफा घट्छ : भुवन दाहाल

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकहरुको नाफा निरन्तर घटि रहेकाले सीडी रेसियो कार्यान्वयनको मोडल संसोधन गर्न माग गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको मौद्रिक नीति कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले बैंकहरुको नाफा शेयर कारोबारका कारण बढेको बताए । शेयर कारोबारमा राष्ट्र बैंकले अघि सारेको सिमाका कारण बैंकहरुको नाफा अझै घट्ने बताए ।  उनले सीडी रेसियो कार्यान्वयनका लागि तीन चरण समेत प्रस्ताव गरे । पहिलो चरण पुससम्म ९२ प्रतिशत, दोश्रो चैतमा ९१ प्रतिशत र असारमा ९...

दृष्टिबिहीनका समस्या समाधान गर्न कार्यदल बनाऔं : भुवन दाहाल

काठमाडौं। नेपाल बैंकर एसोसिएशनका अध्यक्ष तथा सानिमा बैंकका सीईओ भुवन दाहालले दृष्टिविहीनको समस्या समाधान गर्न कार्यदल बनाउन प्रस्ताव गरेका छन्। उनले वित्तीय क्षेत्रमा दृष्टिविहीनको पहुँच बढाउन कार्यदल बनाएर अगाडि बढ्न प्रस्ताव गरेका हुन्। उनले भने, “राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक, नेत्रहीन संघ र नेपाल आर्थिक पत्रकार संघका सदस्य सम्मिलित कार्यदल बनाएर अगाडि बढौं।”

बैंकर्स संघको नयाँ नेतृत्वले किन निरन्तर स्प्रेड पुनरावलोकनको कुरा उठाइरहेको छ?

काठमाडौं। अध्यक्षमा भुवन दाहाल निर्वाचित भएपछि बैंकर्स संघले जहाँसुकै दुई वटा एजेन्डा उठाउन थालेको छ- बैंकिङ कसुर ऐनको पुनरावलोकन