अर्जुन दास हत्या प्रकरणः १ आरोपी पक्राउ, आफन्तले शव बुझे

काठमाडौं, १२ पौष । कैलालीमा विभत्स तरिकाले हत्या गरिएका अर्जुन दासको शव परिवारले बुझेका छन् । ३ पौषमा उनको शव फेला परेपनि परिवारले हत्यारालाई पक्राऊ गर्न माग गर्दै शव बुझ्न मानेको थिएन । परिवारले विभिन्न माग समेत राखेको थियो । २ पौषको साँझ घरबाट हिंडेका अर्जुन दासको शव अपरावती सामुदायिक वनमा फेला परेको थियो । […]