काठमाण्डाै - नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत बन्द सत्र सुरु भएको छ ।
बिहान ११ बजेदेखि सुरु हुने भनिए पनि डेढ घण्टा ढिलो गरी प्रज्ञा भवन कमलादीमा बन्द सत्र सुरु भएको हाे।
बन्द सत्रमा कुल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने माओवादीले जनाएको छ । महाधिवेशन अघि सहभागी हुने प्रतिनिधिको स्वास्थ्य जाँच गरिएको थियाे ।
बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदन पेस हुनेछ ।
प्रचण्डको राजनीतिक प्रतिवेदन...