इलाममा उत्पादन भएको चिया भारत निर्यातमा ९५ प्रतिशत कर छुट हुँदै आएकोमा भारतले नेपाली चियालाई करको दायरामा ल्याउन खोजेको भन्दै चिया व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरूले भारतको राज्यसभा र लोकसभामा पेस भएको नेपाली चियाको निर्यातलाई प्रभावित पार्ने नीतिलाई तत्काल रोक्न पहलका लागि सरकारसमक्ष माग गरेका हुन् ।चियासँग सम्बन्धित अन्य समस्याहरूको दीर्घकालीन समाधान गर्न पनि उनीहरूले सरकारलाई आग्रह गरेका छन् । चिया व्यवसायीहरूले भ