काठमाडाैँ- आइसीसी टी-२० विश्वकपको ट्रफी बुधबार बिहान ११ बजेदेखि १ बजेसम्म भक्तपुर दरबार स्क्वायरमा आम नागरिकका लागि राखिँदै छ। ट्रफी सोमबार नेपाल ल्याइएको थियो। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार युवालाई क्रिकेटमा प्रोत्साहन गर्ने लक्ष्यले ट्रफी प्रदर्शनीमा राखिएको हाे। मंगलबार ट्रफी सोलुखुम्बु जिल्लाको गोक्यो ताल र कालापत्थरमा राखिएकाे थियाे। क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको […]