लुम्बिनी प्रदेशसभा अधिवेशन आह्वान

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन जेठ १९ गते बुधवार बस्ने गरी आह्वान भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले बुधवार दिउँसो १ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेका प्रदेशसभा सचिवालयको सूचनामा उल्लेख छ । प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले सोमवार सूचना प्रकाशित गर्दै सबै सदस्यलाई सूचनामार्फत जानकारी गराएका छन् ।  

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशसभा सदस्यको शपथ आज

काठमाडौं : लुम्बिनी प्रदेशसभा सदस्यहरुले आज शपथ ग्रहण गर्दैछन्। ८७ जना प्रदेशसभा सदस्यले स्थायी राजधानी देउखुरीस्थित नवनिर्मित प्रदेशसभा भवनमा शपथ लिँदैछन्। प्रदेशसभा सदस्यहरुलाई दिउँसो १ बजे प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनु हुनेछ। प्रदेश प्रमुख शेरचनले भोलिका लागि प्रदेशसभा अधिवेशन आह्वान गर्नुभएको छ । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ४ को उपनियम १ बमोजिम प्रदेश प्रमुखबाट शपथ गराउन लागिएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए। ‘नेपालको संविधानको धा

लुम्बिनी प्रदेशसभा अधिवेशन पनि १८ पुसमा आह्वान

बुटवल – लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ। प्रदेश प्रमुख अमिक शेरचनले  पुस १८ गते सोमबार सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेका हुन्। राप्ती उपत्यका (देउखुरी) को भालुवाङमा निर्मित प्रदेशसभा भवनमा अधिवेशन आह्वान गरिएको प्रवक्ता चिरञ्जिवी पौडेलले बताएका छन्। प्रदेश सरकार मन्त्रिपरिषदको सिफारिसमा अधिवेशन आह्वान गरिएको हो। त्यस्तै नवनिर्वाचित प्रदेश सांसदहलाई पुस १७ […]