शान्तिपूर्ण बाटो खोज्दै कोरिया

एसियाको सानो मुलुक उत्तर कोरियाले अन्ततः शान्तिको बाटो समाउँदै छ । बेला बेलामा आणविक अस्त्र परीक्षण गरेर अमेरिका, दक्षिण कोरिया र जापानलाई तर्साउने गरे पनि मुलुकको हितका लागि शान्तिपूर्ण बाटोको विकल्प नभएको उसको ठम्याइँ छ । २६ वर्षको कलिलो उमेरमा सत्ता सम्हालेका किम जोङ उन यो एक दशकको अवधिमा आफ्नो आणविक शक्तिलाई पूर्णता दिएर पनि अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा महìवपूर्ण उपलब्धि हासिल गर्न सफल हुनुभएको छ । उहाँले विश्वको पहिलो शक्ति राष्ट्र अमेरिकाका राष्ट्रपतिसँग दुई पटक शिखर वार्ता गर्नुभयो । साथै पहिलो पटक अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली भूमि टेक्नुभयो । तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड टम्प र उत्तर कोरियाली नेता किमबीचको शिखर वार्तालाई विश्वले उच्च महìव दियो । यो वार्तासँगै अमेरिका र उत्तर कोरियाबीचको तनावमा कमी आएको छ । अब थप वार्ता गरी अमेरिका र अन्तर्राष्ट्रिय समुदायले लगाएको प्रतिबन्ध हटाउन पहल गर्नुपर्ने अवस्था छ ।

सम्बन्धित सामग्री

संकटमा विप्लव समूह : प्रकाण्ड ओली, बास्तोला वैद्य र विप्लव प्रचण्डसँग जान खोज्दै

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीमा नेताहरुबीच टकराव बढ्दै गएको पाइएको छ । पार्टीले लिएको विचारलाई लिएर उनीहरुबीच टकराव बढ्दै गएको हो । प्रतिबन्ध फुकुवापछि शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहका पछिल्ला गतिविधि सुस्त देखिएका छन् । तर राजनीतिक कार्यदिशा र विभिन्न पार्टीसँग एकता र कार्यगत एकताका विषयमा भने नेताहरुबीच...