जनचेतनाको कमी, उपचारमा ढिलाई र स्वास्थ्य सेवामा पहुँच जस्ता समस्याले क्यान्सर रोगको निदान अझै पनि चुनौतीपूर्ण छ। यो सँगै नेपाली समाजमा क्यान्सरसम्बन्धी यस्ता भ्रमहरु छन्, जसका कारण अहिले पनि बिरामीहरु यथार्थबाट टाढा छन्।
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । बुधबार बिहान बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको हो । साथै बाँकी भू-भागमा भने आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै, बुधबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएको हो। कोशी, […]
काठमाडौं– संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ आज विश्वका विभिन्न मुलुकमा अन्तर्राष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२० डिसेम्बर २१ मा एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष फेब्रुअरी ४ मा यो दिवस मनाउने निर्णय गरेअनुरूप सन् २०२१ देखि यो दिवस मनाउन थालिएको हो । यो दिवसले संस्कृति र विश्वासमा विविध भए […]
अमेरिकाले इरानी ड्रोनलाई ध्वस्त पारेको छ। अरब सागरमा अमेरिकी विमानवाहक युद्धपोततर्फ “आक्रामक रूपमा नजिकिँदै आएको” एउटा इरानी ड्रोन खसालिएको अमेरिकी सेनाले जनाएको छ। यूएस सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार ‘अब्राहम लिंकन’ युद्धपोतबाट उडेको स्टेल्थ फाइटर जेटले उक्त ड्रोनलाई “आत्मरक्षाका लागि” खसालेको हो। विमानवाहक पोत र त्यहाँ रहेका कर्मचारीहरूलाई सुरक्षित राख्न ड्रोन खसालिएको अमेरिकी […]
यो रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष ४ फेब्रुअरीका दिन विश्वभर विश्व क्यान्सर दिवस विविध चेतनामूलक कार्यक्रमका साथ मनाइन्छ ।