श्रीलङ्कामा प्रदर्शन चर्किएपछि ३६ घण्टे कर्फ्यु आदेश जारी

श्रीलङ्कामा आर्थिक सङ्कटकाबीच कर्फ्यु आदेश जारी भएको छ । श्रीलङ्का सरकारले आज शनिवार बेलुका ६ बजेदेखि पर्सि साेमवार बिहान ६ बजेसम्म अर्थात् ३६ घण्टे लामो कर्फ्यु आदेश जारी गरेको बीबीसीले जनाएको छ ।  खाना, इन्धनलगायतका दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेपछि त्यहाँका नागरिकले सरकारविरुद्ध प्रदर्शन चर्काउँदै आएका छन् । प्रदर्शन नियन्त्रणका लागि हिजाे शुक्रवार राति सङ्कटकाल घोषणा गरेकोमा आन्दोलन झनै बढ्दै गएपछि कफ्र्यु आदेश जारी गरिएकाे हाे । अहिले सहरहरूमा सेना परिचालन गरिएको छ । सेनालाई शङ्कास्पद व्यक्तिलाई तत्काल पक्राउ गर्न ...

सम्बन्धित सामग्री

श्रीलंकामा कर्फ्यु उल्लंघन गरेको आरोपमा ६६४ जना पक्राउ

श्रीलंकामा सरकारले लागू गरेको कर्फ्यु उल्लघंन गरेको आरोपमा कम्तीमा ६६४ जनालाई गिरफ्तार गरिएको छ। स्थानीय समयअनुसार शनिबार राति १० बजेदेखि आइतबार बिहान ६ बजेसम्म पश्चिमी प्रान्तबाट उनीहरूलाई गिरफ्तार गरिएको हो। सरकारले शनिबार बेलुका ६ बजेदेखि ३६ घण्टे कर्फ्यु आदेश जारी गरेको छ।कर्फ्यु लागू भएका वेला अनुमतिविना हिँडडुल गर्न नपाइने भए पनि हिँडडुल गरेकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।आर्थिक संकटसँगै राष्ट्रपति र उच्च सरकारी अधिकारीहरूविरुद्ध सर्वसाधारणले आक्रोश व्यक्त गर्दै आन्दोलित भएप

श्रीलङ्कामा आन्दोलन रोक्न कर्फ्यु आदेशसँगै सामाजिक सञ्जालमा पनि प्रतिबन्ध

श्रीलङ्कामा दैनिक उपभोग्य वस्तुको अभाव भएपछि चर्किएको आन्दोलन रोक्न कर्फ्यु आदेशसँगै सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाइएको छ । हिजो बेलुकी ६ बजेदेखि ३६ घण्टे कर्फ्यु आदेश जारी गरेको श्रीलङ्का सरकारले सामाजिक सञ्जालको पहुँच पनि बन्द गरेको बीबीसीले जनाएको छ । श्रीलङ्कामा फेसबुक, ट्विटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल बन्द गरिएका छन् । राष्ट्रपति गोटाबाय राजापाक्षेले अधिकारीहरूको लिखित अनुमति बाहेक कुनै पनि सार्वजनिक सडक, पार्क, रेल वा समुद्री किनारमा जान निषेध गरिएको आदेश जारी गर्नुभएको छ । प्रदर्शनकारीह...

श्रीलंकामा प्रदर्शन नियन्त्रण गर्न ३६ घण्टे कर्फ्यु आदेश जारी

काठमाडौं । आर्थिक संकटमा फसेको श्रीलंकामा प्रदर्शन नियन्त्रणमा राख्न कर्फ्यु लागू भएको छ । सरकार विरोधी प्रदर्शन बढ्दै गएपछि शनिबार देशब्यापी संकटकाल लागू गरेको सरकारले आज आइतबारदेखि ३६ घण्टे कर्फ्यू आदेश जारी गरेको हा्े । श्रीलंकामा औषधि, खाद्यान्न र इन्धनलगायत अत्यावश्यक सामग्रीको अभाव भएपछि सर्वसाधारण दिनहुँ प्रदर्शनमा उत्रिएका छन् । गत बिहीबार प्रदर्शनकारीले राष्ट्रपतिको निजी […]