बाढीका कारण दाङका दशवटै पालिका प्रभावित, पाँच हजार घरमा क्षति

काठमाडौं : अविरल वर्षापछि आएको बाढी र डुबानमा परी दाङका १० वटै पालिकामा करिब पाँच हजार घरमा क्षति पुगेको छ। लगातारको वर्षापछि बाढी, पहिरो र डुबानले घर भत्किने, बस्न नमिल्ने गरी पूर्णरुपमा क्षति व्यहोरेको घर सङ्ख्या एक हजार पाँच सय ६६ रहेको छ भने आंशिक क्षति भएका घरको सङ्ख्या तीन हजार…

सम्बन्धित सामग्री

पश्चिम र मध्य अफ्रिकामा पछिल्लो बाढीका कारण एक हजार चार सय जनाको ज्यान गयो

पश्चिम तथा मध्य अफ्रिकामा पछिल्लो वर्षा र बाढीका कारण एक हजार चार सय जना व्यक्तिको ज्यान गएको छ । साथै, २९ लाख नागरिक विस्थापित भएका संयुक्त राष्ट्र सङ्घका मानवीय सहायताकर्मीले जानकारी दिएका छन् । संयुक्त राष्ट्र सङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार केही वर्षयताकै सबैभन्दा खराब बाढीका कारण पश्चिम तथा मध्य अफ्रिकामा २० देशका ८२ लाख मानिसको जीवन, उनीहरूका पशुधन, सम्पत्ति र खेतबारीमा असर परेको छ । लगातारको बाढीले पाँच लाख १३ हजारभन्दा धेरै घरमा क्षति पुर्याएको छ । मध्य अफ्रिका क्षेत्रका धेरै भागहरू उ...

अस्ट्रेलियामा बाढी : एक महिनामा पर्ने पानी एकैदिन पर्‍यो, सयौं घरमा क्षति

अस्ट्रेलियाको तीनवटा राज्यमा बाढीका कारण हजारौं मानिस विस्थापित भएका छन्। निरन्तरको वर्षाका कारण बाढी आएपछि स्थानीय प्रशासनले नागरिकहरुलाई सो क्षेत्रबाट अन्यत्र जान निर्देशन दिएको हो। अक्टरबर महिनाभर पर्ने पानी २४ घण्टामा अस्ट्रेलियामा परेको त्यहाँको मौसम विभागले जनाएको छ। बाढीका कारण ५०० भन्दा बढी घरमा क्षति पुगेको छ। हालसम्म एकजनाको मृत्यु भएको…

सुनसरीको इटहरी डुबानमा, ४० घरमा क्षति

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका डुबानमा परेको छ । लगातारको वर्षाका कारण इटहरीको मुख्य बजार क्षेत्र डुबानमा परेको हो । इटहरीको ४,५,९, १० र १३ वडाका घरहरु डुबानमा परेका हुन् । खनारका धेरै बस्ती डुबानमा परेका छन । टेङ्ग्रा खोलामा आएको बाढीले इटहरी–विराटनगर जाने राजमार्ग अबरुद्ध बनेको छ । बाढीका कारण ४० घर मा क्षती […]

गोरखामा बाढी–पहिरोले घरमा क्षति, सडक अवरुद्ध

लगातारको अविरल वर्षापछि आएको बाढी र पहिराले गोरखामा एक घर बगाएको छ भने १० घरमा क्षति पुर्याएको छ ।  बाढी र पहिराले १० घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गएराति परेको मुसलधारे वर्षापछि आएको बाढीले पालुङ्टार नगरपालिका–६ मा केशरबहादुर थापाको घर पहिराले बगाएको हो । अविरल वर्षापछि चुतीखोलामा आएको बाढीका कारण अहिले पालुङ्टार–९ सेरा बजार उच्च जोखिममा रहेको वडाध्यक्ष भेजराज पाण्डेले जानकारी दिए ।त्यस्तै सोही वडामा स्थानीय सरस्वती विक, खेलबहादुर गुरुङ, पदमबहाद

गोरखामा बाढी–पहिरोले घरमा क्षति, सडक अवरुद्ध

गोरखा : लगातारको अविरल वर्षापछि आएको बाढी र पहिराले गोरखामा एक घर बगाएको छ भने १० घरमा क्षति पुर्‍याएको छ।बाढी र पहिराले १० घरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। गएराति परेको मुसलधारे वर्षापछि आएको बाढीले पालुङ्टार नगरपालिका–६ मा केशरबहादुर थापाको घर पहिराले बगाएको हो।अविरल वर्षापछि चुतीखोलामा आएको बाढीका कारण अहिले पालुङ्टार–९ सेरा बजार उच्च जोखिममा रहेको वडाध्यक्ष भेजराज पाण्डेले जानकारी दिए।त्यस्तै, सोही वडामा स्थानीय सरस्वती विक, खेलबहादुर गुरुङ,

बागलुङमा बाढीले एक घरमा क्षति, दुई घर र एक विद्यालय उच्च जोखिममा

बागलुङको गलकोटमा बाढी पहिरोका कारण तीन घरमा क्षति पुगेको छ । गलकोट नगरपालिका–३ को हटिया बजारभन्दा माथिबाट झरेको लेदोसहितको बाढीले एक घर पुरिएको छ भने वडा नं ६ मा पहिरोका कारण दुई घरमा उच्च जोखिममा परेको वडाध्यक्ष रामप्रसाद कँडेलले जानकारी दिए । सोही वडामा रहेको नवज्योति दुर्गा आधारभूत विद्यालयसमेत बाढीका कारण उच्च जोखिममा परेको कँडेलको भनाइ छ । पहिराले स्थानीय नारायण नेपाली र टीकाबहादुर घर्तीको घरपहिराका कारण उच्च जोखिममा परेको छ । मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण राति एक्का

मेलम्चीमा बाढीकाे वितण्डा, हेर्नुहाेस् तस्बिरमा

काठमाण्डाै – सिन्धुपाल्चाेककाे मेलम्ची खोलामा आएको बाढीले मेलम्ची बजारका घरमा क्षति पुर्‍याउँदै तहसनहस बनाएकाे छ । बाढीका कारण सयाैँ मानिस बेपत्ता भएका छन् । विस्थापित भएकाहरूलाई सुरक्षित ठाउँमा सार्न थालिएकाे छ ।  अहिले त्यस क्षेत्रमा खाेज र उद्धारका लागि नेपाली सेनाकाे हेलिकप्टर परिचालन गरिएकाे छ । त्यस्तै सेना, प्रहरी, जनप्रतिनिधिलगायतकाे टाेली पनि खटिएका छन् । सिन्धुपाल्चाेकले बर्सेनि प्राकृतिक विपत्तिकाे सामना गर्दै आइरहेकाे छ । बाढी र पहिरोका कारण जनधनको क्षति बेहाेर्दै आएको सिन्धुपाल्चोकलाई ...

बगरमा परिणत भयो मेलम्ची बजार क्षेत्र, यस्तो देखियो हवाइ दृष्य

मंगलवार रातिदेखि आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार क्षेत्र बगरमा परिणत भएको छ । बजारमा रहेका एकतले घर पुरिएको छन भने अग्ला घरका एकतला डुवानमा परेका छन् । नेपाली सेनाले बुधवार बिहानै देखि उद्धार कार्य जारी राखेको छ । सेनाले एउटा होटलमा अलपत्र रहेका दुइजनाको हेलिकप्टरबाट उद्धार गरेको छ ।  मंगलवार रातिदेखि आएको बाढीका कारण मेलम्ची बजारका कयौं पक्की घरमा क्षति पुगेको छ । बजारका अधिकाशं घरका पहिलो तलामा बाढीसँगै आएको माटो पसेको छ ।  मेलम्ची बजार आसपासमा फसकेकाको उद्धारका लागि नेप...