७ फागुनदेखि उत्पादनमूलकतर्फको कोरियाली भाषा परीक्षा

२ फागुन, काठमाडौं । आगामी ७ फागुनदेखि रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तरगत कोरियाली भाषा परीक्षा सुरु हुने भएको छ । एक सूचना जारी गर्दै ईपीएस कोरिया शाखाले उत्पादनमूलकतर्फ जाने श्रमिकहरुको कोरियन भाषा परीक्षा सुरु हुने जानकारी दिएको छ । परीक्षा हुनुभन्दा एक दिनअघि ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा परीक्षार्थीले बायोमेट्रिक (फिंगरप्रिन्ट) दर्ता गर्नुपर्नेछ । रजिष्ट्रेसन नम्बरको आधारमा […]

सम्बन्धित सामग्री

यही फागुन ७ गते कोरियाली भाषा परीक्षा शुरु

काठमाडौँ : ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ। परीक्षा भैँसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमा परीक्षा हुनेछ।परीक्षा एक दिनमा ५ सिफ्टमा सञ्चालन गरिनेछ भने एक दिनमा १ हजार परीक्षार्थीले सहभागिता जनाउन सक्ने गरी व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिइन्। उनले भनिन्, ‘‘शनिवार पनि परीक्षा दिने गरी व्यवस्था गरेका छौँ, पहिलो सिफ्टमा करिब ४७ हजारले कोरियाली भाषा परीक्षा दिन सक्नेछन्।&rdqu

अन्यथा, भविष्य विकराल छ

वैदेशिक रोजगार विभागमा कोरियाली भाषा परीक्षा दिएका नेपाली युवाहरूले कोरियाको उत्पादनमूलक कामका लागि भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै रोजगार अनुमति प्रणाली ‘इपिएस’को कार्यालय अगाडि १४ पुसमा प्रदर्शन गरे...

इपिएस परीक्षाको निष्पक्षतामा नेपाली विश्वस्त छन् : श्रममन्त्री श्रेष्ठ

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सञ्चालन हुने कोरियाली भाषा परीक्षा प्रभावकारी र विश्वसनीय रहेको बताएका छन्।ललितपुरको भैँसेपाटीमा सञ्चालन भइरहेको कोरियाली भाषा परीक्षाको निरीक्षण गर्न पुगेका उनले सरकारी तवरमा श्रमिक पठाउन सञ्चालन गरिने भाषा परीक्षा प्रणाली वैज्ञानिक बनाउँदै लगेको भन्दै कोरियाको मानव संसाधन विकास विभाग (एचआरडी) को प्रशंसासमेत गरे। इपिएस परीक्षाको निष्पक्षताप्रति नेपालीको गहिरो विश्वास रहेको उन

भाषा परीक्षा पुनः सञ्चालनको तयारी

कोरोना  भाइरस सङ्क्रमणको   महामारीका   कारण   रोकिएको रोजगार  अनुमति  प्रणाली  (ईपीएस)अन्तर्गतको कोरियाली भाषा परीक्षा पुुनः सञ्चालन गर्ने तयारी भएको छ। ईपीएस परीक्षाको प्रक्रिया पूरा गरेका प्रतिबद्ध  श्रमिक  जान  सुुरु  भएसँगै  नयाँका  लागि भाषा  परीक्षा  लिने  तयारीको  बाटो  खुुलेको  हो। त्यसको  तयारी  सुरु  भएको  वैदेशिक  रोजगार विभागले जनाएको छ। विभागका  महानिर्देशक&...

कोरियाली भाषा परीक्षा फेरि सञ्चालन हुने

कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गतको कोरियाली भाषा परीक्षा पुनः सञ्चालन गर्ने तयारी भएको छ । ईपीएस परीक्षाको प्रक्रिया पूरा गरेका प्रतिबद्ध श्रमिक जान सुरु भएसँगै नयाँको लागि भाषा परीक्षा लिने तयारीको बाटो खुलेको हो । त्यसको तयारी सुरु भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।विभागका महानिर्देशक दीपक काफ्लेले दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी)सँग नयाँको लागि भाषा परीक्षा सञ्चालन गर्नेबारे सहमति भएको तर मिति भने तय हुन बाँकी रहेको जानकारी दिए

कोरियामा नेपाली विद्यार्थीले पनि इ-९ भिसा पाउने

काठमाडौं । दक्षिण कोरिया सरकारले त्यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ-९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ-९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा (प्रवेशाज्ञा) हो । यहाँ अध्ययनरत विज्ञान र इन्जिनियरिङ विषयमा स्नातक प्राप्त विदेशी विद्यार्थीलाई रोजगारी प्रदान गर्ने हेतुले सो भिसा प्रदान गर्न लागिएको त्यहाँको श्रम मन्त्रालयलाई उद्धृत गर्दै प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले बताउनुभयो । त्यहाँको रोजगार तथा श्रम मन्त्रालयले तयार पारेको अवधारणाका विषयमा कानून मन्त्रालयसँगको समन्वयमा यो वर्षभित्र नयाँ कानून कार्यान्वयनमा ल्याउने गरी काम शुरु भएको छ । यस अवधारणालाई कार्यान्वयन गर्नुअघि कानून मन्त्रालयले सर्वेक्षण गर्नेछ र आवश्यक निर्णय लिनेछ । इपीएस प्रक्रियामार्फत रोजगारीका लागि कोरिया आउने प्रवासी श्रमिकले पहिलोपटक चार वर्ष १० महिनाको लागि भिसा प्राप्त गर्दछन् र सो अवधिको समाप्तिपछि श्रमिक अनिवार्य स्वदेश फर्किनुपर्ने प्रावधान छ । प्रवासी विद्यार्थीलाई प्रदान गर्ने भनिएको भिसामा भने विद्यार्थीका लागि पनि एउटै नियम हो या अन्य नियम हो भन्ने कुरा भने थाहा हुन सकेको छैन । यस विषयमा यहाँको कानून मन्त्रालय र रोजगार मन्त्रालयले संयुक्त रुपमा निर्णय गरी लागू गर्ने छन् । हाल इपिएसमार्फत इ–९ भिसामा आएका नेपाली औद्यौगिक र कृषि क्षेत्रमा श्रम गरिरहेका छन् । विद्यार्थीका लागि पनि दिने भनिएको भिसा सोही क्षेत्रमा हुनेछ । यदि यस अवधारणा कार्यान्वयन भएमा दक्षिण कोरियामा एक हजार ५०० को सङ्ख्यामा रहेका स्नातक प्राप्त नेपाली विद्यार्थीले इपिएस प्रक्रियामार्फत कोरियामा आएर श्रम गरिरहेका श्रमिकले झैँ रोजगारीको अवसर पाउने छन् । त्यहाँका केही विद्यार्थीले भने यो अवधारणा स्वागतयोग्य नभएको बताएका छन् । अध्ययन गरेर दक्ष भएका विद्यार्थीलाई उनीहरूको अध्ययनकै क्षेत्रमा अवसर दिनुपर्नेमा मजदूरको भिसा दिने अवधारणा उचित नभएको भनाइ उनीहरूको छ । (रासस)

कोरियाली भाषा परीक्षा कहिले हुन्छ? यस्तो छ तयारी

कोरियाली भाषा परीक्षा सञ्चालन हुने टुङ्गो नलाग्दा परीक्षाको तयारीमा जुटेका युवा अलमलमा परेका छन्।

कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै

रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ । नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनुपर्नेमा कोभिड–१९ का कारण पछि सरेको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल परीक्षा नभए पनि आउँदो पुस÷माघ महिनामा परीक्षा गर्नेगरी तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले सन् २०२० का लागि दक्षिण कोरिया जान ९० हजार आवेदक परीक्षाको तयारी गरेर बसेकाले नियमित तालिकाभन्दा सात÷आठ महिना ढिला भए पनि परीक्षा हुने जानकारी दिनुभयो ।

कोरियाली भाषा परीक्षा आगामी जेठमा, यस वर्ष कामदारको कोटा बढी

काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने भएको छ...

कोरियाली भाषा परीक्षा जेठ २६ र २७ मा

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाले जेठ अन्तिम साता भाषा परीक्षा गर्ने गरी नेपाललाई १० हजार ५० संख्यामा कामदार कोटा निर्धारण गरेको छ । १० औं भाषा परीक्षामार्पmत यो वर्षका लागि १० हजार ५० नेपाली युवा माग गर्ने गरी जेठको २६ र २७ गते भाषा परीक्षाको मिति तय भएको हो ।