सुरक्षा एवं संरक्षण कानुन नहुँदा बलात्कार पीडित र साक्षी होस्टाइल भए : महान्यायाधिवक्ता

बलात्कार पीडित र साक्षीको संरक्षणका लागि कानुनको अपर्याप्ताका कारण न्याय सम्पादनमा कठिनाइ भएको महान्यायाधिवक्ता दिनमणि पोखरेलले बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सोमबार आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेस गरेपछि महान्यायाधिवक्ताको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता पोखरेलले साक्षीको सुरक्षाका लागि कानुन निर्माण गर्न पनि सुझाव दिएका छन् ।