सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण वैशाख दोस्रो हप्तासम्म भइसक्ने बताएकी छन्। भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमपछि नेपाली दूतावासमा बिहीबार प्रवासी नेपालीसँगको भेटवार्ताका क्रममा उनले यो जानकारी दिएकी हुन्। मन्त्री शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले पहिलो विदेश भ्रमण भारतबाट नै शुरु गर्ने र अप्रिलसम्ममा भ्रमण भइसक्ने जानकारी आफूले भारतलाई दिएकी छन्।उनले इन्टरनेशनल टेलिकम युनियनको क्षेत्रीय कार्यालय उद्घ