काठमाडौं । नेपाल हक्की संघ र नेपाल नेशनल हस्पिटलबीच खेलाडीहरुको उपचार सेवासम्बन्धी सोमबार सम्झौता भएको छ । नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ र नेपाल नेशनल हस्पिटलका मेडिकल निर्देशक डा.प्रकाश पौडेलले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार अस्पतालले नेपाल हक्की संघमा आवद्ध खेलाडी र खेलाडीका परिवारलाई उपचार सेवामा छुट दिने छ । […]